पाँच किलाे अफिमसहित एक जना पक्राउ
२६ असार, सुर्खेत ।
सुर्खेत प्रहरीले पाँच किलाे अफिमसहित एक जनालाई पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाहका अनुसार बुधबार भेरीगंगा नगरपालिका-१० स्थित छिन्चुबाट पाँच किलाे ४५० ग्राम अफिमसहित जाजरकाेटकाे जुनिचाँदे गाउँपालिका-१० का जयबहादुर बस्नेतलाई पक्राउ गरिएकाे हाे।
सुर्खेतमा अफिमकाे काराेबार भइरहेकाे सूचना एक महिना अघि आएकाे हाे,´ उनले भने, `निरन्तरकाे निगरानी र अनुसन्धानपछि ठूलाे परिणाममा अफिम बरामद गर्न सफल भएका छाैं।´ प्रहरीका अनुसार मुख्य व्यक्ति भने फरार छन्। प्रहरीसँगकाे प्रारम्भिक बयानका क्रममा पक्राउ परेका बस्नेतले अफिम आफैँ उत्पादन र बिक्रीवितरण गर्ने गरेकाे बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment