संसदीय समितिबाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयक अनिश्चित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
४१ पटक हेरिएको
Shares
संसदीय समितिबाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयक अनिश्चित

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको अनुरोधपछि विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित हुन रोकिएको छ ।
  • प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सोमबार उक्त विधेयक पारित गर्ने तयारी गरेको भए पनि शिक्षामन्त्री पन्त र काँग्रेस प्रमुख सचेतक घिमिरेको अनुरोधपछि पारित हुनबाट रोकिएको हो ।
  • अब कहिले बैठक बसेर पारित गर्ने तय भएको छैन ।

१६ असार, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको अनुरोधपछि विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित हुन रोकिएको छ । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सोमबार उक्त विधेयक पारित गर्ने तयारी गरेको भए पनि शिक्षामन्त्री पन्त र काँग्रेस प्रमुख सचेतक घिमिरेको अनुरोधपछि पारित हुनबाट रोकिएको हो । अब कहिले बैठक बसेर पारित गर्ने तय भएको छैन । सरकारले विधेयक पारित गर्नका लागि समय मागेपछि र काग्रेस प्रमुख सचेतकको अनुरोधपछि विधेयक पारित हुनबाट रोकिएको समितिका सदस्य एवम नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले नेपाल प्रेसलाई जानकारी दिइन् । उनले भनिन्, ‘शिक्षक महासंघसँग छलफल गर्नुपर्ने भयो भनेर सरकारको तर्फबाट शिक्षामन्त्री ज्यूले र नेपाली काँग्रेसको प्रमुख सचेतकज्यूले समय माग्नुभयो । उपसमतिबाट पारित भएको र समितिले परिमार्जन गरेकोमा दाया बायाँ केहि पनि हुँदैन भनेर भनेपछि आजको बैठकबाट पारित नभएर रोकियो ।’

सोमबारको बैठकमा शिक्षामन्त्री पन्तले शिक्षक महासंघसँग सहमति जुट्न नसकेकोले केही समय बैठक स्थगित गर्न प्रस्ताव राखेका थिए । त्यसको समितिको बैठकमा बिरोध भएको थियो । सोमबार दिउँसो नै शिक्षक महासंघसँग छलफल सकेपछि मन्त्री पन्तले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि काँग्रेसका प्रमुख सचेतक घिमिरेले उक्त प्रस्तावमा सहमती जनाएपछि समितिका सदस्य शिक्षामन्त्री पन्त र घिमिरेमाथी आक्रोशित भएका थिए । शिक्षक महासंघका पदाधिकारीलाई रिझाउनकै लागि यतिका दिन सम्मको मेहनत खेर जाने ठाउँमा पुर्‍याउन लागेको भन्दै सांसदले विधेयक रोक्न मन्त्री पन्त र सचेतक घिमिरे नै लागेको आरोप लगाएका थिए । एमाले सांसद प्रभु हजाराले काँग्रेसले प्रमुख सचेतकलाई विधेयक अल्झाउन नै समितिमा पठाएको बैठकमा बताएका थिए । पूर्वशिक्षा मन्त्रीसमेत रहेकी समितिकी सदस्य विद्या भट्टराईले पनि एउटा–एउटा बुँदामा अल्झिनुले विधेयक नल्याउने नियत देखिएको बताएकी थिइन् ।

एमाले सांसद सरिता भुषालले काँग्रेस सांसद घिमिरेलाई लक्षित गर्दै एक जना सदस्यको कारणले रोकिनु ठिक नहुने बताएकी थिइन् । एमाले सांसद ईश्वरी घर्तीले बिहान आठ बजे बैठक बोलाएर आठ घण्टा कुरेसकेपछि बैठक स्थगित गर्ने प्रस्ताव कसको हो? भन्दै प्रश्न गरेकी थिइन्। उनले कसैको रहर र प्रस्तावले नहुने भन्दै कुनै हालतमा नछोडने बताएकी थिइन् । सांसदको आक्रोशपछि काँग्रेस प्रमुख सचेतक घिमिरेले सत्तामा बस्नेले नै सहमती गरेको तर्क गर्दै पछिल्लो सरकारले जिम्मा लिनु पर्छ कि पर्दैन भन्दै प्रश्न गरको थिए । पाँच वर्षमा पेन्सन दिने पनि शिक्षकको दबाबमा भएको बताउँदै उनले ६० प्रतिशत भन्दा बढी दबाबमा भएको दावी गरेका थिए । माओवादी सांसद देवेन्द्र पौडेलले अन्तिममा आएर यो अवस्था आउनु भनेको सरकारको अपरिपक्वता भएको भन्दै सांसदले स्वतन्त्र रुपमा विवेक प्रयोग गर्न पाउनुपर्ने बताएका थिए ।

उपसमितिका संयोजक समेत रहेका एमाले सांसद छविलाल विश्वकर्माले पछिल्लो पटक नयाँ सदस्यको रुपमा आएका श्याम घिमिरेले सहयोग नगरेको भन्दै आपत्ती जनाएका थिए ।सहमतिमा एक महिना १२ दिन भएको बताउँदै उनले सहमती भइसकेको विषयलाई फेरि प्रवेश दिन नसकिने स्पष्ट पारेका थिए । सांसदको आपत्ति पछि शिक्षामन्त्री पन्तले सरकारले समय मागेपछि पाउनुपर्ने तर्क गर्दै पुरानो सहमती कार्यान्वयन गरेर फेरि पनि आन्दोलन गर्न नजाने गरी काम गर्न लागेको बताएका थिए । अहिले सम्म सांसदले देखाएको विवेकको प्रंशसा गर्दै उनले मन्त्री तयार नभएसम्म विधेयक अघि नबढ्ने प्रचलन स्मरण गराउँदै दुईतीन दिन फर्किन आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ
७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ
मधेस र लुम्बिनीबाहेक ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना
मधेस र लुम्बिनीबाहेक ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा
दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व
दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व
दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि परेको आशङ्का
दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि परेको आशङ्का
माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने
माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित
नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित
नेपालमा दन्त चिकित्सकको भूमिका महत्वपूर्ण छ : मन्त्री यादव
नेपालमा दन्त चिकित्सकको भूमिका महत्वपूर्ण छ : मन्त्री यादव