प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १५, २०८२
|
|
३९ पटक हेरिएको
Shares
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्

सारांश

  •       राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न सुझाव दिएका छन् ।
  • आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद मिश्रले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री भएको बेला मन्त्रीपरिषद् बैठक बोलाएर नाम परिवर्तन गर्न सुझाव दिएका हुन् ।
  • ‘‘म शहरी विकास मन्त्रालयको बारेमा धेरै भन्न चाहन्न ।

१५ असार, काठमाडौं ।     

राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न सुझाव दिएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद मिश्रले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री भएको बेला मन्त्रीपरिषद् बैठक बोलाएर नाम परिवर्तन गर्न सुझाव दिएका हुन् ।

‘‘म शहरी विकास मन्त्रालयको बारेमा धेरै भन्न चाहन्न । काम र नाम मिलेन कि ?,’ उनले भने, ‘तसर्थ ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय यसको नाम राख्नुपर्छ ।’ उनले अगाडि थपे, ‘अहिले त उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री अहिले कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ । आफैँ भएको बेलामा क्याबिनेट राखेर यसको नाम बदल्दाखेरी जस्तो कामहरू भएको छ त्यो सजिलो हुन्छ कि ?’ सांसद मित्रश्रले राजश्व चुहावटमा कडा ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए । वनलाई नोक्सान पुर्‍याइरहेका रुख कटान गरी उपयोग गर्न पनि उनले सुझाए । सांसद मिश्रले काठमाडौंका नदीनाला र खोला स्वच्छ र सफा राख्न स्थानीय जनपरिचालन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार
बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार
सडकमा निर्माण सामग्री थुपारेको भन्दे २५ हजार जरिवाना
सडकमा निर्माण सामग्री थुपारेको भन्दे २५ हजार जरिवाना
माओवादीप्रति जनताको आशा, भरोसा र साथ छः अध्यक्ष दाहाल
माओवादीप्रति जनताको आशा, भरोसा र साथ छः अध्यक्ष दाहाल
पूर्वराजदूत सुवेदीले गठन गरे ‘जन युग’ पार्टी, को-को छन् केन्द्रीय समितिमा ?
पूर्वराजदूत सुवेदीले गठन गरे ‘जन युग’ पार्टी, को-को छन् केन्द्रीय समितिमा ?
नेपाललाई अमेरिकाले दियो १९६ रनको लक्ष्य
नेपाललाई अमेरिकाले दियो १९६ रनको लक्ष्य
रौतहटमा नक्कली नोटसहित दुई युवक पक्राउ
रौतहटमा नक्कली नोटसहित दुई युवक पक्राउ
अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा
अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा
वीरगञ्जस्थित फोहर पानी प्रशोधन केन्द्रको कागजात अख्तियारको नियन्त्रणमा
वीरगञ्जस्थित फोहर पानी प्रशोधन केन्द्रको कागजात अख्तियारको नियन्त्रणमा
चितवनस्थित प्रचण्डको घरमा प्रदर्शनकारीको आगजनी
चितवनस्थित प्रचण्डको घरमा प्रदर्शनकारीको आगजनी
पाथीभरा विवाद समाधानका लागि गृहको पत्र संघीय मन्त्रालयलाई
पाथीभरा विवाद समाधानका लागि गृहको पत्र संघीय मन्त्रालयलाई