एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
१३ असार, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । बैठक आज (शुक्रबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्ने भएको हो ।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन लगायतको विषयमा छलफल हुने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए । पार्टी उपाध्यक्ष गंगालाल तुलाधरका अनुसार बैठकमा अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्नेछन् । पतञ्जलीको जग्गामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment