एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
सारांश
- नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ ।
- बैठक आज (शुक्रबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्ने भएको हो ।
- बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन लगायतको विषयमा छलफल हुने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए ।

१३ असार, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । बैठक आज (शुक्रबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्ने भएको हो ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन लगायतको विषयमा छलफल हुने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए । पार्टी उपाध्यक्ष गंगालाल तुलाधरका अनुसार बैठकमा अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्नेछन् । पतञ्जलीको जग्गामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाडेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया