अर्थमन्त्रीलाई देउवाको चेतावनी- ‘टेक एण्ड पे’ नहटाए बजेट पारित हुँदैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
३६ पटक हेरिएको
Shares
अर्थमन्त्रीलाई देउवाको चेतावनी- ‘टेक एण्ड पे’ नहटाए बजेट पारित हुँदैन

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर बजेटमा राखेको ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन नसक्ने चेतावनी दिएका छन् ।
  • सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनको आफ्नै कार्यकक्षबाट देउवाले अर्थमन्त्री पौडेललाई फोन गरेका हुन् ।
  • सो फोनमार्फत उनले ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन समस्या हुने अर्थमन्त्रीलाई बताएको एक सांसदले जानकारी दिए ।

९ असार, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर बजेटमा राखेको ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन नसक्ने चेतावनी दिएका छन् । सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनको आफ्नै कार्यकक्षबाट देउवाले अर्थमन्त्री पौडेललाई फोन गरेका हुन् । सो फोनमार्फत उनले ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन समस्या हुने अर्थमन्त्रीलाई बताएको एक सांसदले जानकारी दिए ।

उक्त भेटवार्ताबारे एक सांसदले भने,‘तपाईको पार्टी जस्तो कांग्रेस होइन । कांग्रेसका सांसदहरुलाई मैले थेग्न सक्दिनँ । अस्ति देखि भनिरहेको छु । पहिलेकै व्यवस्था राख्नुस् । नत्र बजेट पारित हुन्ने भनेर सभापतिले भन्नुभएको छ ।’ ‘टेक एण्ड पे’ मा पुरानै व्यवस्था कायम नगरे कांग्रेस एमाले सरकारमा संकट आउने चेतावनी देउवाले दिएको उनले सुनाए । बजेटमा नदी प्रवाहमा आधारित रहेर सरकारले विद्युत् खरिद गर्ने व्यवस्था राखिएपछि उर्जा उत्पादकहरुले विरोध गरेका छन् । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था ‘इप्पान’ ले ‘टेक एण्ड पे’ व्यवस्थाको विरोध गर्दै आएको छ । यही विषयमा दुई दलका शीर्ष नेताको बैठक समेत बसेको थियो । आर्थिक वर्ष २०८२/०८३ को बजेट मंगलबार पारित गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयले गुहार्‍यो सतर्कता केन्द्र
कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयले गुहार्‍यो सतर्कता केन्द्र
स्वास्थ्य मन्त्रालयलाई थप १३ अर्ब बजेट, कुल सिलिङ ९६ अर्ब पुग्यो
स्वास्थ्य मन्त्रालयलाई थप १३ अर्ब बजेट, कुल सिलिङ ९६ अर्ब पुग्यो
रास्वपाको बैठक लम्बियो, संसद् बैठक प्रभावित
रास्वपाको बैठक लम्बियो, संसद् बैठक प्रभावित
जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु
जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना
उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना
खातुनले अझै पाइनन् आफ्नो समाजिक सुरक्षा भत्ता
खातुनले अझै पाइनन् आफ्नो समाजिक सुरक्षा भत्ता
विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा
विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
कामको चेक लिस्ट तयार गर्न मातहतका निकायलाई मन्त्री श्रेष्ठको निर्देशन
कामको चेक लिस्ट तयार गर्न मातहतका निकायलाई मन्त्री श्रेष्ठको निर्देशन