रिहा भएपछि रवीन्द्रको प्रतिक्रिया- अदालतले न्याय गर्दो रहेछ
३ असार, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन् । काठमाडौं जिल्ला अदालतले तोकेको ३ लाख धरौटी बुझाएर निस्किएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘राज्यले अन्याय गर्दा पनि अहिलेको परिस्थितिमा पनि अदालत न्याय दिन सक्षम रहेछ,’ मिश्रले भनेका छन्, ‘अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा गर्दो रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास गर्छु ।’ राज्यबाट दोषी करार हुनेगरी आफूमाथि लगाइएको विभिन्न आरोप दुखद रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment