दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
८६ पटक हेरिएको
Shares
दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

सारांश

  • यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई हजार १०० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
  • आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना.
  • ५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दाकोभी र १२ आलुको बोरा बीचमा लुकाइएको अवस्थामा ७० बोरा गाँजा फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

३ असार,धरान ।

यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई हजार १०० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना.५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दाकोभी र १२ आलुको बोरा बीचमा लुकाइएको अवस्थामा ७० बोरा गाँजा फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

उक्त गाँजासहित ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका–६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा सवार ३३ वर्षीय सुनिल राई र सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि लागुऔषधसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौं : जनमत
सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौं : जनमत
डा. बाबुराम भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
डा. बाबुराम भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 
प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
भगौडा बर्गको पक्षपोषण गर्दै छन् सरकार : प्रभु साह
भगौडा बर्गको पक्षपोषण गर्दै छन् सरकार : प्रभु साह
दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत
दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत
नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक
सुन्दरीजलमा युवतीको हत्या, दुई जना पक्राउ
सुन्दरीजलमा युवतीको हत्या, दुई जना पक्राउ