गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
३ असार, काठमाडौं ।
सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
यसअघि १५ जेठमा ठाडामगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको थियो । २ वैशाखको राति १२ बजेतिर एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाशमा गएका थिए । सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका थिए । उनकै ठाउँमा ठाडा मगर एआईजी बढुवा भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment