प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
६७ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सारांश

  •   प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ ।
  • बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।
  • आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

२ असार, काठमाडौँ । 

प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ । यस्तै, आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनेछ भने उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

आजको बैठकमा अर्थ मन्त्री पौडेलले विनियोजन विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति मागी प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी अर्थ मन्त्री पौडेलले राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई प्रस्तुत गर्न अनुमति मागी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ