रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले पछिल्लो चार महिनामा रु एक करोड ८२ लाख ९५ हजार ६५० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
  • गत फागुन १ गतेदेखि जेठ मसान्तसम्ममा सो रकम बराबरको विभिन्न थरिका अवैध समान बरामद भएको हो ।
  • नम्बर ११ हेडक्वाटका गणपति सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीले चार महिनामा रु ६९ लाख ३२ हजार मूल्य बराबरको सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

१ असार, रौतहट ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले पछिल्लो चार महिनामा रु एक करोड ८२ लाख ९५ हजार ६५० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । गत फागुन १ गतेदेखि जेठ मसान्तसम्ममा सो रकम बराबरको विभिन्न थरिका अवैध समान बरामद भएको हो ।

नम्बर ११ हेडक्वाटका गणपति सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीले चार महिनामा रु ६९ लाख ३२ हजार मूल्य बराबरको सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिनुभयो । “सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीले सक्रियता बढाएसँगै अवैध चोरीपैठारीका सामान बरामद हुने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “एक थान स्कारर्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल पनि बरामद भएको छ ।” सोही अवधिमा रु ८५ लाख ६८ हजार २२४ मूल्य बराबरको अवैध किराना तथा कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टस बरामद भएको नम्बर ११ हेडक्वाट कार्यालयले जनाएको छ ।

पछिल्लो चार महिनामा स्रोत नखुलेको रु १० लाख ६१ हजार नेपाली रुपैयाँ पनि बरामद भएको गणपति बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसैगरी स्रोत नखुलेको छ लाख चार हजार ६४० भारतीय रुपैयाँ, सेमी अटोमेटिक पेस्तोलसमेत बरामद भएको छ । मानवबेचबिखनमा पर्न सक्ने आशङ्कामा नाकाबाट १० जना नेपाली महिला उद्धार जनाउँदै बस्नेतले सोही अवधिमा ५३ किलो गाँजा तथा अन्य लागुऔषध पनि बरामद गरिएको बताउनुभयो । हेडक्वाटर मातहतमा रहेका पाँच वटा युनिटलाई अवैध चोरीपैठारी तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राससका पूर्वअध्यक्ष बस्नेतको निधन
राससका पूर्वअध्यक्ष बस्नेतको निधन
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह
रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह
शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल
शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
केपी ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने ,दिनेश त्रिपाठीको
केपी ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने ,दिनेश त्रिपाठीको
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई
एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान