राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित

सारांश

  • राजर्षिजनक विश्व विद्यालयका ८६ जना विद्यार्थी दीक्षित भएका छन् ।
  • जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कलाकेन्द्र भवनमा विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ८६ विद्यार्थीलाई दीक्षित गरेका हुन् ।
  • स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।

२७ जेठ, जनकपुरधाम ।

राजर्षिजनक विश्व विद्यालयका ८६ जना विद्यार्थी दीक्षित भएका छन् । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कलाकेन्द्र भवनमा विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ८६ विद्यार्थीलाई दीक्षित गरेका हुन् । स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।

त्यस्तै, विश्वविद्यालय टपर चार जना, विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०–१० विद्यार्थीले गोल्ड मेडल प्राप्त गरेका छन् ।सन् २०१८, २०१९ र २०२० ब्याचका स्नातक तहमा विश्वविद्यालय टपरमा क्रमशः प्रिया कर्ण, दीक्षाकुमारी मण्डल र ज्योती चौधरीलाई कुलपति पदक दिइएको छ । त्यस्तै, रश्मीकुमारी सन् २०२० को स्नातकोत्तर तहमा विश्वविद्यालय टप गरेकी हुन् । त्यसैगरी, विभिन्न संकायमा उत्कृष्ट हुने काजोल रौनियार, प्रिया कर्ण, आरतीकुमारी राउत, रुपेश ठाकुर, दीक्षाकुमारी मण्डल, पंकज यादव, दीक्षा कर्ण, रानीकुमारी साह, ज्योती चौधरी र रश्मीकुमारीलाई उपकुलपति पदक दिइएको छ । दीक्षान्त समारोहअघि प्रधानमन्त्री एवम् कुलपति ओलीको अध्यक्षतामा विश्वविद्यालय सभा (सिनेट) को बैठक पनि बसेको थियो ।

संघीय सरकार मातहतको यो विश्वविद्यालयमा हाल चार संकायका १३ वटा शैक्षिक कार्यक्रम सञ्चालन छन् । जसमा एमफिल, एमबीए, बीबीए, बीडीबीएम, बीई–सिभिल, बीआईटी, बीसीए, बीएस्सी–सीएसआईटी, बीपीएच, बीएस्सी–एमएलटी, बीएस्सी–एजी, बीए–एलएलबी र बीजेएमसी छन् । यो विश्वविद्यालय मातहत पाँच वटा आंगिक क्याम्पस छन् भने हालै देशका ६८ वटा कलेजले सम्बन्धन लिएका छन् । जनकपुरधामस्थित यस विश्वविद्यालयको स्थापना १२ कात्तिक २०७४ मा भएको हो । समारोहमा विश्व विद्यालयका सहउपकुलपति समेत रहेका मधेशका मुख्यमन्त्री शतिसकुमार सिंह, उपकुलपति प्रध्यापक डा. अमरप्रसाद यादव, वरिष्ठ साहित्यकार तथा प्रध्यापक डा. राजेन्द्र बिमल लगायत सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान दिवसमा ४९२ जना कैदीबन्दीलाई रिहा गर्न सिफारिस
संविधान दिवसमा ४९२ जना कैदीबन्दीलाई रिहा गर्न सिफारिस
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ
भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ
भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता : एक करोड रुपैयाँसम्म जरिवाना प्रस्ताव
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता : एक करोड रुपैयाँसम्म जरिवाना प्रस्ताव
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
पत्रकार सुरेश रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि
लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक
लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक
रास्वपाको महामन्त्रीमा दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सकियो,आदेश आउँदै
रास्वपाको महामन्त्रीमा दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सकियो,आदेश आउँदै
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना