साढे १२ क्विन्टल गाँजासहित तीनजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
साढे १२ क्विन्टल गाँजासहित तीनजना पक्राउ

सारांश

  •   प्रहरीले साढे १२ क्विन्टल गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
  •   प्रहरीले उदयपुरको चौदण्डीगढी नगरपालिका-१ रानीटारबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो।
  • भने, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट करिब १ सय ७ किलो १ सय १० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो।

१७ जेठ, काठमाडौं । 

प्रहरीले साढे १२ क्विन्टल गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।  प्रहरीले उदयपुरको चौदण्डीगढी नगरपालिका-१ रानीटारबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो। भने, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट करिब १ सय ७ किलो १ सय १० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा उदयपुरको चौदण्डीगढी नगरपालिका-१ रानीटार बस्ने रत्न माया श्रेष्ठ, ४२ वर्षीया कमला श्रेष्ठ र रौतहट गरूडा नगरपालिका-४ बस्ने १९ वर्षीय गोपाल साह रहेका छन्।

मायाको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ३५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। यस्तै, प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र.२-०३-००१ च ५६७१ नम्बरको बोलेरो पिकअपलाई तलासी गर्दा सिमेन्टको बोराले छोपी लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी पिकअप चालक साहलाई पक्राउ गरेको हो।  श्रेष्ठद्वयलाई प्रहरीले बिहीबार दिउँसो र साहलाई शुक्रबार पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
एकीकृत समाजवादीको महाधिवेशनका लागि १८०० प्रतिनिधि छनोट
एकीकृत समाजवादीको महाधिवेशनका लागि १८०० प्रतिनिधि छनोट
मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार
मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार
एमाले इलामबाट सुहाङ नेम्वाङ सहित सबै प्रतिनिधि निर्विरोध
एमाले इलामबाट सुहाङ नेम्वाङ सहित सबै प्रतिनिधि निर्विरोध
यू-१९ महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित
यू-१९ महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित
कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट
कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व
फिफाले हटायो एन्फामाथिको आर्थिक बन्देज
फिफाले हटायो एन्फामाथिको आर्थिक बन्देज
नेपाल प्रहरीका २० जना डीएसपीहरूको काज सरूवा, चार जिल्लाका इन्चार्ज फेरिए
नेपाल प्रहरीका २० जना डीएसपीहरूको काज सरूवा, चार जिल्लाका इन्चार्ज फेरिए
खयरमारा बस दुर्घटना : घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै
खयरमारा बस दुर्घटना : घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै