कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
४३ पटक हेरिएको
Shares
कर्णाली करिडोर सडकखण्ड मंगलबारदेखि चार दिन पूर्ण रूपमा बन्द हुने

सारांश

  • कर्णाली करिडोरको खुलालु-लालीघाट सडकखण्ड मंगलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
  • यो बाटो हुँदै यात्रा गर्ने कालीकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ।
  • जिल्ला प्रशासन कार्यालय कालीकोटको सूचनाअनुसार शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ जनक शर्माले बताए।

१७ जेठ, कर्णाली ।

कर्णाली करिडोरको खुलालु-लालीघाट सडकखण्ड मंगलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। यो बाटो हुँदै यात्रा गर्ने कालीकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटको सूचनाअनुसार शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ जनक शर्माले बताए।

उनका अनुसार जेठ २० गते बिहानदेखि २४ गते बेलुकीसम्म यो सडकखण्ड बन्द रहनेछ। कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिनेछन् भने हुम्ला, बाजुरा र कालीकोटको सान्नी त्रिवेणी, रास्कोट, पचालझरना र पलाताबाट आएका गाडी लालीघाटमा रोकिएर यात्रुलाई गन्तव्यमा पठाउन सकिनेछ। सडक डिभिजन कार्यालयबाट ठेक्का सम्झौता भई निर्माणाधीन यो सडकखण्डमा आवश्यक संरचना निर्माण र मर्मतका लागि सवारी आवागमन रोकिएको हो। निर्माण कार्य सहज बनाउन करिडोरको करिब १ किमी खण्ड चार दिन बन्द गर्नुपरेको प्रशासनले जनाएको छ। उक्त ठाउँ साँघुरो र अप्ठ्यारो छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गंगा सागर पोखरी नजिक अनाधिकृत टहरा र फुटपाथका पसलहरुमा चल्यो डोजर
गंगा सागर पोखरी नजिक अनाधिकृत टहरा र फुटपाथका पसलहरुमा चल्यो डोजर
गृहमन्त्रीलाई ओलीको चेतावनी– बाबु धेरै नचम्किनू
गृहमन्त्रीलाई ओलीको चेतावनी– बाबु धेरै नचम्किनू
देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक
देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, यस्तो छ भम्रण तालिका
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, यस्तो छ भम्रण तालिका
प्रदेश सांसद सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
प्रदेश सांसद सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
लुम्बिनीमा नेपालकै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना
लुम्बिनीमा नेपालकै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना
बुधबार ६.३८ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोडको कारोबार
बुधबार ६.३८ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोडको कारोबार
तेलङ्गानामा कार तालमा खस्दा पाँच जनाको मृत्यु
तेलङ्गानामा कार तालमा खस्दा पाँच जनाको मृत्यु
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
सरूवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई रास्वपाले साधारण सदस्यबाटै हटाउने
सरूवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई रास्वपाले साधारण सदस्यबाटै हटाउने