१० श्रावण २०८२, शुक्रबार

आइपिएल – इलिमिनेटरमा मुम्बई र गुजरात खेल्दै

भारतमा जारी १८औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज इलिमिनेटर खेल हुदैछ । आज हुने इलिमिनेटर खेलमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्स एकआपसमा खेल्दैछन् । न्यु चण्डिगढको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ ।

गुजरात लिग चरणमा तेस्रो तथा मुम्बई चौथो भएर एलिमिनेटर खेल्दैछन् । यो सिजनमा मुम्बई र गुजरात तेस्रो पटक आमने सामने हुदैछन् । यसअघि भएका दुवै भेटमा गुजरात विजयी भएको थियो । मुम्बई र गुजरातबीचको खेलमा विजेता रहने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउने छ । दोस्रो क्वालिफायरमा बिहीबार भएको पहिलो क्वालिफायरको पराजित पञ्जाब किंग्सको सामना गर्नेछ ।

आजको खेलमा विजयी हुने टोलीले आइतबार अहमदाबादमा पञ्जाबको सामना गर्नेछ । दोस्रो क्वालिफायरको विजेताले रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी) सँग उपाधीका लागि खेल्नेछ । पहिलो क्वालिफायरमा पञ्जाबलाई ८ विकेटले पराजित गरेको ले फाइनल प्रवेश गरेको थियो । गुजरात र मुम्बईले हालसम्म ७ खेल भएका छन् । जसमध्ये ५ खेलमा गुजरात तथा २ खेलमा मुम्बई विजेता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?