१० श्रावण २०८२, शुक्रबार

गृहमन्त्रीले जनतालाई गुमराहमा राख्न खोजे : माओवादी केन्द्र

१५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणविरुद्ध सदनभित्र विपक्षीले सुरु गरेको संघर्ष जारी रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोेलेका प्रमुख सचेतक पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आशंका रहेकाले राजीनामा माग्दै विपक्षीले संघर्ष गरिरहेको बताएका हुन् ।

उनले आफूमाथि आरोप लागेपछि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकार सम्मेलन गरेर जनतालाई थप गुमराहमा राख्न खोजेको आरोप लगाए । ‘पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीले कर्मचारीलाई दोषरोपण गरेर गृहमन्त्री पन्छिन खोज्नु भयो,’ उनले भने, ‘भ्रष्टाचार भयो भने कारबाही गर्ने दायित्व यो सरकारको छ कि छैन ? कारबाही गर्न यो सरकार बनेको होइन ? यसरी जनतालाई गुमराहमा राख्न खोजिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?