पूर्वराजालाई नेपालको सुझावः आँट भए चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
२१ पटक हेरिएको
Shares
पूर्वराजालाई नेपालको सुझावः आँट भए चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्

सारांश

  • नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर शासनमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
  • गणतन्त्र दिवसको अवसरमा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले जनताले फालेको राजतन्त्र अब फर्कन नसक्ने बताए ।
  • चुनावी प्रक्रियामा गएर जनताको मन जितेर आए हुन्छ ।

१५ जेठ, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर शासनमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । गणतन्त्र दिवसको अवसरमा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले जनताले फालेको राजतन्त्र अब फर्कन नसक्ने बताए ।

चुनावी प्रक्रियामा गएर जनताको मन जितेर आए हुन्छ । प्रधानमन्त्री बने पनि हुन्छ,’ उनले भने, ‘ज्ञानेन्द्र शाह शासनमा फर्कने अर्को बाटो छैन ।’  पूर्वप्रधानमन्त्री नेपालले मुलुक अब वंश परम्परामा फर्कन पनि नसक्ने बताए । इतिहासको पाङ्ग्रा पछाडि धकेल्न सम्भव नभएको चर्चा गर्दै उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र होइन । बाबु भएन भने छोरा, छोरा भएन भने नाति, अब कुनै दिन पनाति जन्माएर त्यसलाई राजा बनाइदिऊ भन्ने कुरा आउँला । हामीलाई वंशको शासन चालिएको छैन ।’

लामो संघर्ष र बलिदानबाट नेपाली जनता पूर्ण रूपमा सार्वभौमसत्ता सम्पन्न बनिसकेकाले अब पूर्वराजाले राजतन्त्र फर्कने सपना देखिरहन आवश्यक नभएको बताए ।‘ नेपाली जनताको अदम्य साहसबाट मुलुकमा गणतन्त्र आएको हो । हामी नेतृत्वमा रहेकाहरूले अग्रगामी भूमिका खेलेर, अन्तिम समयसम्म दृढताका साथ उभिएर आम जनताको चाहना बमोजिम परिवर्तन ल्याएका हौं। त्यसैले अब यो परिवर्तन उल्टाउन सक्दैन,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
तुइनखोला पुलनजिक फेरि खस्यो पहिरो, आवागमन दुईतर्फी बन्द
तुइनखोला पुलनजिक फेरि खस्यो पहिरो, आवागमन दुईतर्फी बन्द
केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव
केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो
रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो
जनताका समस्या समाधान गर्न अध्यक्ष दाहालको अनुरोध
जनताका समस्या समाधान गर्न अध्यक्ष दाहालको अनुरोध
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षक बोहोराको स्कुटर दुर्घटनामा मृत्यु
सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षक बोहोराको स्कुटर दुर्घटनामा मृत्यु
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता