खुर्सानी खोलामा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
खुर्सानी खोलामा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सारांश

  • शुक्रबार राति परेको वर्षाका कराण सडक भत्किएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा यातायात अवरुद्ध भएको छ ।
  • बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको सडक भत्किएपछि सडक अवरुद्ध बनेको हो ।
  • बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भत्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिए ।

१० जेठ, बुटवल ।

शुक्रबार राति परेको वर्षाका कराण सडक भत्किएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा यातायात अवरुद्ध भएको छ ।बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको सडक भत्किएपछि सडक अवरुद्ध बनेको हो । बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भत्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिए ।

शुक्रबार राति करिब ११ बजेबाट अवरुद्ध सडक शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन । शनिबार बिहान पनि सामान्य वर्षा भइरहेकोले सडक मर्मतमा कठिनाइ भइरहेको र भत्किएको सडक  पानी रोकिएपछि निर्माण कम्पनी, सडक विभागसँग समन्वय गरी शीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको बानियाँले जानकारी दिए । दाउन्ने सडक खण्ड केही दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यो सडक हुँदै सञ्चालन हुने सवारीहरू रोकिएका छन् । अहिले पश्चिमबाट पूर्व जाने सवारी बर्दघाट र पूर्वबाट पश्चिम आउने सवारी दुम्किबास ज्यामिरेमा रोकिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि उपस्थित नहुने
प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि उपस्थित नहुने
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाए २२ बुँदे माग
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाए २२ बुँदे माग
सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना
सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना
ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु
ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त  (तस्वीरहरू)
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्वीरहरू)
मधेशकी उपसभामुख भन्छिन्– ५ सांसदमाथिको कारबाही बदर
मधेशकी उपसभामुख भन्छिन्– ५ सांसदमाथिको कारबाही बदर
आवासीय चिकित्सकले आज आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने
आवासीय चिकित्सकले आज आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !!!
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै