२६ जेष्ठ २०८२, आईतवार

साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले बढ्यो नेप्से

 

८ जेठ, काठमाडौं । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ ।  साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ को विन्दुमा कायम भएको हो । यसदिन बजारमा २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब ८२ करोड २० लाख ७० हजार रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन बुधबार मात्रै परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ को विन्दुमा बन्द भएको थियो । आज ओम मेघाश्री फार्मास्युटिकल्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कारोबारका आधारमा भने, न्याग्दी ग्रुप पावर ६९ करोड १ लाख ७२ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।  बिहिबार बजार पुँजीकरण ४४ खर्ब ७३ अर्ब रूपैयाँ बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment