‘ग्रे लिस्ट’ बाट बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री कार्यालय पठाउनु पर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
‘ग्रे लिस्ट’ बाट बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री कार्यालय पठाउनु पर्ने

सारांश

  • तोकिएका मन्त्रालय तथा विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्ने भएको छ ।
  • सोमबार बसेको सचिव बैठकले ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ मा जिम्मेवार निकायका रूपमा रहेका अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालय लगायत निकायले यस्तो विवरण प्रधानमन्त्री कार्यालयमा पठाउने निर्णय गरेको हो ।
  • विस्तृतीकरणमा उल्लेख क्रियाकलाप कार्यान्वयनमा तीव्रता दिएर त्यसको प्रगति कार्यालयलाई पठाउने निर्णय बैठकले गरेको हो ।

६ जेठ, काठमाडौं ।

तोकिएका मन्त्रालय तथा विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्ने भएको छ । सोमबार बसेको सचिव बैठकले ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ मा जिम्मेवार निकायका रूपमा रहेका अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालय लगायत निकायले यस्तो विवरण प्रधानमन्त्री कार्यालयमा पठाउने निर्णय गरेको हो ।

विस्तृतीकरणमा उल्लेख क्रियाकलाप कार्यान्वयनमा तीव्रता दिएर त्यसको प्रगति कार्यालयलाई पठाउने निर्णय बैठकले गरेको हो । नेपाल दोस्रो पटक सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको छ । गत फागुनमा फ्रान्सको पेरिसमा सम्पन्न ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिम पूर्णसूची (ग्रे) लिस्टमा राखेको हो । सरकारले आगामी आवमा यो सूचीबाट नेपाललाई बाहिर निकाल्ने बताइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न
मुगु हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन। 
मुगु हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन। 
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते
रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
बर्खास्तीमा परे ऊर्जा राज्यमन्त्री तामाङ
बर्खास्तीमा परे ऊर्जा राज्यमन्त्री तामाङ
मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण
मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल