विश्व पौडेललाई गभर्नर बनाउने सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
४० पटक हेरिएको
Shares
विश्व पौडेललाई गभर्नर बनाउने सहमति

सारांश

  • नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.
  • डा.
  • विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् ।

 

६ जेठ, काठमाडौं ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले  जानकारी दिएको छ  । लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

यसअघि सोमबार नै मन्त्रिपरिषद् बैठक राखेर गभर्नर नियुक्ति गर्ने चर्चा थियो । यद्यपि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद् बैठक स्थगित गरिएको थियो । मन्त्रिपरिषद् बैठक स्थगित भएपछि नेपाली कांग्रेसका नेताहरू उपसभापति पूर्णबहादुर खड्काको निवासमा छलफलमा जुटेका थिए । उक्त छलफलमा गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा लगायत सहभागी थिए । कांग्रेस बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री बिरामी भएर नै सभापतिसँग छलफल नभएको र मन्त्रिपरिषद्को बैठक पनि नबसेको ब्रिफिङ गरेका थिए । बिहानै सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए । सो भेटमा देउवाले ओलीलाई भनेका थिए, ‘अब यो विषय धेरै नलम्ब्याऔं, मलाई पनि धेरै दबाब बढ्यो । बाहिर पनि हल्ला धेरै भयो ।’

त्यसपछि देउवाले अघि सारेका पौडेललाई नै गभर्नर बनाएर अघि बढ्न प्रधानमन्त्री ओली पनि सहमत भएको उच्च स्रोतले बतायो । बालुवाटार स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, प्रधानमन्त्री ओली कांग्रेसले नै अघि बढाएको मान्छेलाई गभर्नर नियुक्त गर्न सुरुदेखि नै प्रतिबद्ध थिए । आजै साँझ मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । त्यसअघि सिफारिस समितिको बैठक बस्दैछ । सो समितिको बैठकले गभर्नरको रुपमा पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । समितिको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
बाढीपहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
बाढीपहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
प्रहरी चौकी तोडफोड र आगजनी गर्ने २ जना समातिए
प्रहरी चौकी तोडफोड र आगजनी गर्ने २ जना समातिए
धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश
धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश
मातृभाषा पत्रकारिताले राज्य र नागरिकबीचको दूरी मेटाउँछ : कानुनमन्त्री
मातृभाषा पत्रकारिताले राज्य र नागरिकबीचको दूरी मेटाउँछ : कानुनमन्त्री
देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव
देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव
एन्फाको वार्षिक बजेट डेढ अर्ब
एन्फाको वार्षिक बजेट डेढ अर्ब
  आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
  आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै