विश्व पौडेललाई गभर्नर बनाउने सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
विश्व पौडेललाई गभर्नर बनाउने सहमति

सारांश

  • नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.
  • डा.
  • विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् ।

६ जेठ, काठमाडौं ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले  जानकारी दिएको छ  । लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

यसअघि सोमबार नै मन्त्रिपरिषद् बैठक राखेर गभर्नर नियुक्ति गर्ने चर्चा थियो । यद्यपि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद् बैठक स्थगित गरिएको थियो । मन्त्रिपरिषद् बैठक स्थगित भएपछि नेपाली कांग्रेसका नेताहरू उपसभापति पूर्णबहादुर खड्काको निवासमा छलफलमा जुटेका थिए । उक्त छलफलमा गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा लगायत सहभागी थिए । कांग्रेस बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री बिरामी भएर नै सभापतिसँग छलफल नभएको र मन्त्रिपरिषद्को बैठक पनि नबसेको ब्रिफिङ गरेका थिए । बिहानै सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए । सो भेटमा देउवाले ओलीलाई भनेका थिए, ‘अब यो विषय धेरै नलम्ब्याऔं, मलाई पनि धेरै दबाब बढ्यो । बाहिर पनि हल्ला धेरै भयो ।’

त्यसपछि देउवाले अघि सारेका पौडेललाई नै गभर्नर बनाएर अघि बढ्न प्रधानमन्त्री ओली पनि सहमत भएको उच्च स्रोतले बतायो । बालुवाटार स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, प्रधानमन्त्री ओली कांग्रेसले नै अघि बढाएको मान्छेलाई गभर्नर नियुक्त गर्न सुरुदेखि नै प्रतिबद्ध थिए । आजै साँझ मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । त्यसअघि सिफारिस समितिको बैठक बस्दैछ । सो समितिको बैठकले गभर्नरको रुपमा पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । समितिको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन हुने
नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन हुने
आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे
आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गरौँः सभामुख घिमिरे
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
आज दुई संसदीय समितिको बैठक बस्दै
आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ
काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ
राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली
राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली
संविधानजनताले नै बनाउनुपर्छ, लोकतन्त्रअझै अपूर्ण छ: बाबुराम भट्टराई
संविधानजनताले नै बनाउनुपर्छ, लोकतन्त्रअझै अपूर्ण छ: बाबुराम भट्टराई
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता