पहाडमा पनि पक्की सडक सञ्जाल विस्तार गर्न आवश्यक : मन्त्री भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
पहाडमा पनि पक्की सडक सञ्जाल विस्तार गर्न आवश्यक : मन्त्री भण्डारी

सारांश

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गुणस्तरीय सडक सञ्जाल निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् ।
  • नेपाल सिमेन्ट उत्पादक संघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेपाल सिमेन्ट र डन्डी उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा बलियो र गुणस्तरीय सडक निर्माणमा ध्यान दिन आग्रह गरेका हुन् ।
  • बर्सेनि सडक निर्माणमा राज्यको खर्बौं रकम खर्च हुने तर गुणस्तरीय नहुँदा एकातर्फ बनाउँदै जाने र अर्कातर्फ भत्किँदै गएको उनले उल्लेख गरे ।

५ जेठ, काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गुणस्तरीय सडक सञ्जाल निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् ।नेपाल सिमेन्ट उत्पादक संघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेपाल सिमेन्ट र डन्डी उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा बलियो र गुणस्तरीय सडक निर्माणमा ध्यान दिन आग्रह गरेका हुन् । बर्सेनि सडक निर्माणमा राज्यको खर्बौं रकम खर्च हुने तर गुणस्तरीय नहुँदा एकातर्फ बनाउँदै जाने र अर्कातर्फ भत्किँदै गएको उनले उल्लेख गरे ।

‘हाम्रो सबैभन्दा बढी खर्च सडक पूर्वाधारमा भइरहेको छ । तर, हामी बनाउँदै जान्छौं र त्यो भत्किँदै जान्छ,’ मन्त्री भण्डारीले भने, ‘सिमेन्ट र डन्डीको प्रयोग गरेर १०/१५ वर्षसम्म टिक्ने गुणस्तरीय सडक बनाउन सक्छौं । सुरक्षित सडक सञ्जाल निर्माण गर्नु आवश्यक छ ।’ उनले हालको परिस्थितिमा पहाडमा पनि पक्की सडक सञ्जाल पुर्‍याउनुपर्ने देखिएको बताए । नेपालको क्रसर उद्योगको अवस्थाबारे बोल्दै मन्त्री भण्डारीले नेपालमा क्रसर उद्योग दर्ता प्रक्रिया मापदण्ड कडा बनाइएका कारण राज्यले राजस्व गुमाइरहेको बताए । उनले नेपालले वार्षिक ५ खर्ब रुपैयाँ बराबरको ढुङ्गा, गिट्टी, बालुवा खेर गइरहेको तर्क गरे । खेर गएको ढुङ्गा, गिट्टी, बालुवाबाट सिमेन्ट बनाइ गुणस्तरीय सडक बनाउनुपर्ने उनको जोड थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ
भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
कोलम्बिया भूकम्प : मृ*तकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता
कोलम्बिया भूकम्प : मृ*तकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता