पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ

सारांश

  • पशुपति क्षेत्र विकास कोष अन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई नगदसहित प्रहरीले शनिबार पक्राउ गरेको हो ।
  • नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त गौशाखाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

४ जेठ, काठमाडौं ।

पशुपति क्षेत्र विकास कोष अन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई नगदसहित प्रहरीले शनिबार पक्राउ गरेको हो ।

नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त गौशाखाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।खनालले अभियुक्तमाथि अनुसन्धान कार्य अघि बढाइएको बताएका छन् । ‘पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । शनिबार बिदा भएकाले आइतबारदेखि आवश्यक कानुनी प्रक्रिया अघि बढ्छ,’ उनले भने।

यसैबिच, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले अमालकोट कचहरीभित्रै जुवातास खेल्नेहरू पक्राउ परेको सूचना आफूले पाएको बताएका छन् । डा. थापाले प्रहरी अनुसन्धान सकिएपछि कोषको कर्मचारी सेवा नियमावलीअनुसार कारबाही अघि बढाइने प्रस्ट पारेका छन् । ‘सात जनामध्ये को दोषी को निर्दोष भन्ने कुरा प्रहरी अनुसन्धानपछि थाहा हुने नै छ । कोषको आफ्नै नियमावली छ । पशुपतिनाथ मन्दिर परिसरमै जुवातास खेल्नेमाथि नियमावलीअनुसार कारबाही हुन्छ,’ डा.थापाले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले पाए लालपुर्जा
ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले पाए लालपुर्जा
पुष्पाः २ ले तोडयो बलिउडको सबै रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पुष्पाः २ ले तोडयो बलिउडको सबै रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन
‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड
‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड
रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना
रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध : रास्वपा
रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध : रास्वपा
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
नेपालले अमेरिकाविरुद्धको टी-२० शृङ्खलामा क्लिन स्वीप गर्यो