देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३, २०८२
|
|
६२ पटक हेरिएको
Shares
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी

सारांश

  • नेपाल डेन्टल एसोसिएसन नेपालले ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड–२०८१’ माथि आपत्ति जनाउँदै आन्दोलनका उत्रिने घोषणा गरेको छ ।
  • शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले गत वैशाख ९ गते जारी गरिएको उक्त मापदण्डमा दन्त चिकित्सकहरूको मागलाई बेवास्ता गरिएको बताएको हो ।
  •   स्थानीय तहमा बन्ने  ५, १० र १५ शय्याको अस्पतालमा दन्त चिकित्सक र सहायकको दरबन्दी सिर्जना गरिनुपर्ने एसोसिएसनको माग छ ।

 

३ जेठ, काठमाडौँ ।

नेपाल डेन्टल एसोसिएसन नेपालले ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड–२०८१’ माथि आपत्ति जनाउँदै आन्दोलनका उत्रिने घोषणा गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले गत वैशाख ९ गते जारी गरिएको उक्त मापदण्डमा दन्त चिकित्सकहरूको मागलाई बेवास्ता गरिएको बताएको हो ।  स्थानीय तहमा बन्ने  ५, १० र १५ शय्याको अस्पतालमा दन्त चिकित्सक र सहायकको दरबन्दी सिर्जना गरिनुपर्ने एसोसिएसनको माग छ । एसोसिएसनका अध्यक्ष डा. प्रणयरत्न शाक्यले देशभरका दन्त चिकित्सकहरूले अहिले शान्तिपूर्ण आन्दोलन गरिरहेको बताए ।

डा.शाक्यका अनुसार अहिले देशभरका दन्त चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।  आफूहरूको माग पूरा नभएको खण्डमा इमरजेन्सीबाहेकका सबै सेवा ठप्प पार्ने र त्यति गर्दा पनि माग पूरा गर्न सरकार तयार नभएको खण्डमा इमरजेन्सी सेवा पनि रोक्ने अध्यक्ष शाक्यले चेतावनी दिए ।  ‘हामी देशभरका दन्त चिकित्सकहरूसँग मिलेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छौँ । अहिले कालोपट्टी बाँधेर काम गरिरहेका छौँ । नागरिकले राम्रो उपचार पाउन् भन्ने हाम्रो माग हो,’– उनले भने । एसोसिएसनका महासचिव डा.विश्वप्रकाश ठाकुरले आफूहरूले ३ वर्ष पहिलादेखि सरकारसँग उक्त मागबारे ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ नभएको बताए । भर्खरै बनाइएको मापदण्डले दन्त चिकित्सकहरूलाई समेट्न नसकेको उनको भनाइ छ । ‘२०८२ वैशाख ९ गते मापदण्ड बनाइयो । ५, १० र १५ शय्याका आधारभूत अस्पतालको सञ्चालन मापदण्ड २०८१ बनेको छ । त्यसमा हामी दन्त चिकित्सकलाई कतै पनि राखिएन । सरकारले हामीलाई धोका दिएको जस्तो देखिएको छ । हामी यसपालि चुपचाप रहँदैनौँ,’– उनले भने ।

महासचिव ठाकुरले मापदण्डमा दन्त चिकित्सकहरूको माग नसमेटिएको भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्रसमेत बुझाइसकिएको बताए । गत वैशाख २८ गतेबाट आफूहरूको कालोपट्टी हातमा बाँधेर शान्तिपूर्ण आन्दोलन सुरु गरिसकेको र सरकारले नजरअन्दाज गरेको खण्डमा देशभरका दन्त चिकित्सकहरू रोडमा आउने तयारी रहेको पनि बताए । उनले स्वास्थ्य मन्त्रालय घेराउ गर्नेसमेत चेतावनी दिए । ‘शान्तिपूर्ण आन्दोलनलाई सरकारले नजरअन्दाज गर्ने हो भने देशव्यापी रूपमा सबै दन्त चिकित्सकहरू रोडमा आएर स्वास्थ्य मन्त्रालयले घेराउ गर्न पनि पछि हट्ने छैनौँ । कडा कदम चाल्न हामी बाध्य हुनेछौँ,’ उनले भने ।  महासचिव ठाकुरका अनुसार अहिले नेपालका ६ हजारभन्दा बढी दन्त चिकित्सक भए पनि ५०/६० भन्दा बढी सरकारी दरबन्दी छैन । महासचिव ठाकुरले आफूहरूको लागिभन्दा पनि नागरिकहरूले सुविधा पाउन् भन्ने आशयले माग अगाडि सारिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री
अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री
जनकपुरमा पनि कर्फ्यू
जनकपुरमा पनि कर्फ्यू
प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत
प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन
कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
एमाले बागमती प्रदेश अधिवेशन : मतदाता नामावली प्रकाशन
एमाले बागमती प्रदेश अधिवेशन : मतदाता नामावली प्रकाशन
एमाले महाधिवेशनको दोस्रो दिन: समूहगत छलफल हुदैँ
एमाले महाधिवेशनको दोस्रो दिन: समूहगत छलफल हुदैँ
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ