सगरमाथा आधार शिविरमा गृहमन्त्री : सुरक्षा र उद्धारमा प्रतिबद्धता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३, २०८२
|
|
४६ पटक हेरिएको
Shares
सगरमाथा आधार शिविरमा गृहमन्त्री : सुरक्षा र उद्धारमा प्रतिबद्धता

सारांश

  • गृहमन्त्री रमेश लेखक आज शनिबार सगरमाथा आधार शिविर (बेसक्याम्प) पुगेका छन् ।
  • पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न शनिबार उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् ।
  • निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए ।

३ जेठ, सोलुखुम्बु ।

गृहमन्त्री रमेश लेखक आज शनिबार सगरमाथा आधार शिविर (बेसक्याम्प) पुगेका छन् । पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न शनिबार उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् । निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए ।

उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै सरकारको नीति यस्तो सेवालाई सहज र समन्वित बनाउने दिशामा केन्द्रित हुने बताए । ‘सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि लागि सरकारले अब फरक ढंगले जनमुखी नीति कार्यान्वयन गर्दैछौं’, उनले भने, ‘हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौं ।’ हालसम्म सगरमाथा क्षेत्रमा उद्धार बाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने भन्ने स्थानीय माग हुँदै आएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले बारम्बार हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न आग्रह गर्दै आएको हो । तर, अर्कोतर्फ पर्यटन व्यवसायीहरुले अत्यधिक हेलिकप्टर उडानमा प्रतिबन्धले व्यवसायमा नकारात्मक असर परेको जनाउँदै नियमनसहितको स्वतन्त्रता माग गर्दै आएका छन् । अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओली समेत सगरमाथा क्षेत्रमा देखिएका समस्याबारे जानकार रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सगरमाथा संवाद कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’
बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’
रास्वपाको महामन्त्रीमा दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सकियो,आदेश आउँदै
रास्वपाको महामन्त्रीमा दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सकियो,आदेश आउँदै
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
सरकारी वकिलको कार्यालयमा आगजनी
सरकारी वकिलको कार्यालयमा आगजनी
यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग
यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग
एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा खड्का
एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा खड्का
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा
काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा