बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
४६ पटक हेरिएको
Shares
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

सारांश

  • काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ ।
  • पिआईडीले काठमाडौं महानगरपालिका–१६ अन्तर्गत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको हो ।
  • काठमाडौं उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरिएको पिआईडीका प्रमुख टिकाबहादुर चौधरीले जानकारी दिए ।

२ जेठ, काठमाडौं ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ । पिआईडीले काठमाडौं महानगरपालिका–१६ अन्तर्गत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको हो ।

काठमाडौं उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरिएको पिआईडीका प्रमुख टिकाबहादुर चौधरीले जानकारी दिए ।उनले भने, ‘काठमाडौँ उपत्यकामा मेलम्चीको पानी बितरण गर्ने अभियान र मन्त्री ज्युको निर्देशन पश्चात हामीले उक्त कार्यका लागि आज बोलपत्र समेत आह्वान गरेका छौँ । नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने हाम्रो उदेश्य हो ।’ वितरण सञ्जाल सुधार कार्य, रिङ रोड, बलाजु अन्तरग कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ ।बालाजु ट्याङ्कीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने पिआईडीले जनाएको छ ।

उक्त सेवा सञ्चालन पश्चात मेलम्ची परियोजना अन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौँको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार, पानीको वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै, काठमाडौँमा पानीको आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइ काठमाडौँ उपत्यका भित्रको पानी सङ्कटलाई एक हदसम्म समाधान गर्न मद्दत पुर्‍याउने खानेपानी मन्त्रालयले विश्वास लिएको छ । उक्त प्रक्रिया सूचारुसँगै काठमाडौँ महानगरपालिका बालाजु र नागार्जुन नगरपालिकाका नागरिकहरूले आगामी दिनहरूमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्ने छन् । सो कार्यका लागि अहिले काठमाडौं उपत्यकाभरिका नागरिकहरूलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका लागि सञ्जाल निर्माणको कार्य फास्ट ट्रयाकअन्तर्गत अगाडि बढेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेयर मूल्य हालसम्मकै उच्च भएका यी ११ कम्पनी
सेयर मूल्य हालसम्मकै उच्च भएका यी ११ कम्पनी
सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता
सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता
डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले बनायो टोली
सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले बनायो टोली
माओवादीको विरोध सरकारमा नहुनुको छटपटी: प्रधानमन्त्री
माओवादीको विरोध सरकारमा नहुनुको छटपटी: प्रधानमन्त्री
मेची राजमार्गको ठाउँ ठाउँमा अवरोध, खुलाउने प्रयास जारी
मेची राजमार्गको ठाउँ ठाउँमा अवरोध, खुलाउने प्रयास जारी
लमजुङको एक घरमा आगलागी, भाडामा बसेकी एकल महिलाको जलेर मृ*त्यु
लमजुङको एक घरमा आगलागी, भाडामा बसेकी एकल महिलाको जलेर मृ*त्यु
सुडानमा नागरिक बस्तीमा आ*क्रमण, बालबालिकासहित ११४ को मृ*त्यु
सुडानमा नागरिक बस्तीमा आ*क्रमण, बालबालिकासहित ११४ को मृ*त्यु
नागरिक उन्मुक्ति पार्टीले गर्यो नेपाल बन्दको घोषणा। 
नागरिक उन्मुक्ति पार्टीले गर्यो नेपाल बन्दको घोषणा। 
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...