२६ जेष्ठ २०८२, आईतवार

साफ यू-१९ च्याम्पियनसिप : फाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल

 

२ जेठ, काठमाडौं ।

भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत आज सेमिफाइनल खेलहरु हुँदैछ । पहिलो सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।नेपाल र बंगलादेशबीचको खेल गोल्डेन जुब्ली स्टेडियम, युपियामा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । बंगलादेश समूह ए को विजेता तथा नेपाल समूह बी को विजेता बन्दै फाइनल प्रवेश गरेका हुन् । माल्दिभ्ससँग बराबरी खेलेको बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।

यता नेपालले समूहको पहिलो खेलमा श्रीलंकालाई ५-० ले पराजित गरेको थियो । तर भारतसँग ४-० ले पराजित भएपछि समूह बी को उपविजेता बनेको हो । आजै भारत र माल्दिभ्सबीच दोस्रो सेमिफाइनल राती ७:४५ बजे हुनेछ । नेपाल र बंगलादेशबीच गत वर्ष नेपालमै भएको साफ यू-२० च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला नेपाललाई घरेलु मैदान एन्फा कम्प्लेक्समा पराजित गर्दै बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो । त्यसबेला समूह चरणमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो तर फाइनलमा लय कायम राख्न सकेन । बंगलादेशले पुनरागमन गर्दै नेपाल विरुद्ध जित हात पारेको थियो ।

यू-१८/१९/२० उमेर समूहको साफमा अहिलेसम्म यी दुई टोली ५ पटक भिड्दा नेपाल बंगलादेशसँग एक खेलमा मात्र पराजित भएको छ । सन् २०१५ मा भएको पहिलो संस्करणको समूह चरणमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो । यस्तै २०१७ मा भुटानमा भएको दोस्रो संस्करणको लिग चरणमा पनि नेपालले बंगलादेशलाई २-१ ले नै पराजित गरेको थियो । सन् २०२२ मा भएको खेलमा नेपाल र बंगलादेशले १-१ को बराबरी खेलेका थिए । यस्तै गत संस्करणमा नेपालले बंगलादेशलाई समूह चरणको खेलमा २-१ ले पराजित गरेको थियो । तर फाइनलमा नेपाल बंगलादेशसँग ४-१ ले पराजित भएको थियो । उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपाल त्यो हारको बदला लिने लक्ष्यमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?