महासचिव गुटरेसको भ्रमण : आइतबार उच्चस्तरीय भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ११, २०८०
|
|
३६ पटक हेरिएको
Shares
महासचिव गुटरेसको भ्रमण : आइतबार उच्चस्तरीय भेटवार्ता

सारांश

  • संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा आज राति काठमाडौँ आउँदै छन् ।
  • उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् ।
  • भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

११ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा आज राति काठमाडौँ आउँदै छन् ।

उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग पनि उनले भेटवार्ता गर्नुहुने छ । भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् । भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको उच्चस्तरीय यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ गठन, कमाण्डरमा पुष्पराज श्रेष्ठ
एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ गठन, कमाण्डरमा पुष्पराज श्रेष्ठ
१६१ शंकास्पद बिरामी उपचारमा, ७१ मा हैजाको पुष्टि
१६१ शंकास्पद बिरामी उपचारमा, ७१ मा हैजाको पुष्टि
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
पाथीभरा विवाद समाधानका लागि गृहको पत्र संघीय मन्त्रालयलाई
पाथीभरा विवाद समाधानका लागि गृहको पत्र संघीय मन्त्रालयलाई
चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?
चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?
रसुवा बाढी अपडेट : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
रसुवा बाढी अपडेट : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
घटनाको २ दिनपछि रोल्पा दुर्घटनाप्रति रास्वपाको दुःख व्यक्त
घटनाको २ दिनपछि रोल्पा दुर्घटनाप्रति रास्वपाको दुःख व्यक्त
राजावादी छाडा हुँदैछन्, इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् : प्रचण्ड
राजावादी छाडा हुँदैछन्, इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् : प्रचण्ड