पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा

सारांश

  • राहदानी विभागको ६४ लाख पासपोर्ट छपाइको टेन्डर प्रक्रियाबाट अमेरिकी कम्पनी बाहिरिएको छ।
  • विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा प्याकेज १ मा २ कम्पनी मात्रै प्राविधिक मूल्यांकनमा छनोट भएका छन्।
  •   प्याकेज २ मा भने ४ वटा कम्पनी प्राविधिक मूल्यांकनमा छनोट भएका छन्।

 

३० वैशाख, काठमाडौं ।

राहदानी विभागको ६४ लाख पासपोर्ट छपाइको टेन्डर प्रक्रियाबाट अमेरिकी कम्पनी बाहिरिएको छ। विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा प्याकेज १ मा २ कम्पनी मात्रै प्राविधिक मूल्यांकनमा छनोट भएका छन्।  प्याकेज २ मा भने ४ वटा कम्पनी प्राविधिक मूल्यांकनमा छनोट भएका छन्। विभागले आर्थिक प्रस्तावका लागि २८ मे अर्थात् आगामी जेठ १४ गते आर्थिक प्रस्ताव खोल्ने जनाएको छ।

राहदानी विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार प्याकेज १ मा जर्मनीको मुलबउर र फ्रान्सको आईडेमिया छनोट भएका हुन्। त्यसैगरी प्याकेज २ मा मेहलबर, आईडेमिया, भेरिडोस र पीडब्लु पीडब्लु कम्पनी प्राविधिक मूल्यांकनमा छनोट भएका छन्। पासपोर्ट छपाइका लागि प्याकेज १ मा ३ कम्पनीले आवेदन दिएका थिए भने प्याकेज २ मा ४ कम्पनीको आवेदन परेको थियो। प्याकेज १ मा फ्रान्सेली कम्पनी आईडेमिया, अमेरिकी कम्पनी आइरिसिस र जर्मन कम्पनी मुअलबउर सहभागी थिए। प्याकेज नम्बर २ मा आईडेमिया, जर्मन कम्पनी मुअलबउर, पोल्यान्डको पीडब्लु पीडब्लु र जर्मनकै भेरिडोसले आवेदन दिएका थिए।

६४ लाख पासपोर्ट छपाइका लागि विभागले मंसिर १३ मा पहिलोपटक टेन्डर आह्वान गरेको थियो। तर एक कम्पनीलाई मात्र फाइदा पुग्ने गरी टेन्डर आह्वान गरिएको भन्दै विवादमा पर्‍यो। फ्रान्सको बहुराष्ट्रिय कम्पनी आइडेमियाको प्रभावमा परी स्पेसिफिकेसन तयार गरेको आरोप लागेपछि विभागले १२ जनवरीसम्म आवेदन दिने व्यवस्थालाई १ महिना थप गरेको थियो। बीचमा टेन्डर डकुमेन्ट संशोधन भएपछि अन्तिम समयमा फ्रेबुअरी २१ सम्म पुर्‍याइयो। प्याकेज नम्बर १ र २ मा फ्रान्स र जर्मनीका एकै कम्पनी सहभागी भएका छन्। हाल पासपोर्ट छपाइ गरिरहेको आइडेमिया दुवै प्याकेजमा सहभागी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खयरमारा बस दुर्घटना : घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै
खयरमारा बस दुर्घटना : घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै
मोरङको जंगलमा वृद्धाको शव फेला
मोरङको जंगलमा वृद्धाको शव फेला
संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी
संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी
धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार
धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री
तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री
झापाबाट तीन जना भुटानी शरणार्थी पक्राउ
झापाबाट तीन जना भुटानी शरणार्थी पक्राउ
एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन
अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन
यू–१९ एसिया कप: श्रीलंकाले दियो नेपाललाई २३४ रनको लक्ष्य, सन्तोषको नाममा चार विकेट