पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
२८ पटक हेरिएको
Shares
पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा

सारांश

  • पक्राउ पुर्जी जारी भए पनि प्रदेश सभा र सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका उनी आज बुद्ध जयन्तीको कार्यक्रममा आसनग्रहण गरिरहेका छन् ।
  • तर, प्रहरीको नजर परेको छैन ।
  • एक वर्षयता उनीविरुद्धको पक्राउ पूर्जी भने प्रहरी कार्यालयमा घुमेको घुम्यै छ ।

२९ वैशाख : काठमाडौँ,  

एक वर्षअघि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा उपस्थित छन् । पक्राउ पुर्जी जारी भए पनि प्रदेश सभा र सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका उनी आज बुद्ध जयन्तीको कार्यक्रममा आसनग्रहण गरिरहेका छन् । तर, प्रहरीको नजर परेको छैन ।एक वर्षयता उनीविरुद्धको पक्राउ पूर्जी भने प्रहरी कार्यालयमा घुमेको घुम्यै छ ।

जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पूर्जी जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका सबै प्रहरी युनिटमा पुगेको छ । तर, राजनीतिक पहुँचका आधारमा उनी प्रहरीको नजरमा परेका छैनन् । पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रा. लि. काठमाडौंलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा.लिले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको तर रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दार्चुलाको जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगियाे
दार्चुलाको जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगियाे
प्रवेशपत्र नआउँदा जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट बन्चित
प्रवेशपत्र नआउँदा जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट बन्चित
कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल
कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने
सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा
त्रिभुवन विश्वविद्यालयको २६ अर्बभन्दा बढीको बजेट पास
त्रिभुवन विश्वविद्यालयको २६ अर्बभन्दा बढीको बजेट पास
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन