प्रचण्डको छटपटी बढेको छ, बोलीमा तथ्य होइन कुण्ठा देखिन्छ : पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
२० पटक हेरिएको
Shares
प्रचण्डको छटपटी बढेको छ, बोलीमा तथ्य होइन कुण्ठा देखिन्छ : पोखरेल

सारांश

  • आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले सरकारले राम्रो काम गरिरहँदा प्रचण्डमा पीडा र छटपटी बढेको टिप्पणी गरेका हुन् ।
  • पोखरेलले प्रचण्डको आलोचना गर्दै विभिन्न तथ्यांक प्रस्तुत गरेका छन्, जसअनुसार वर्तमान सरकारले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको उनको दाबी छ।
  • उनले लेखेका छन्, ‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ ?

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिएको टिप्पणी गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले सरकारले राम्रो काम गरिरहँदा प्रचण्डमा पीडा र छटपटी बढेको टिप्पणी गरेका हुन् ।

पोखरेलले प्रचण्डको आलोचना गर्दै विभिन्न तथ्यांक प्रस्तुत गरेका छन्, जसअनुसार वर्तमान सरकारले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको उनको दाबी छ। उनले लेखेका छन्, ‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ ? यी तथ्यहरूले तपाईको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ : तपाईं प्रधानमन्त्री हुँदाभन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ, विदेशी मुद्राको संचिति बढेको छ, सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ र निर्माण व्यावसायिलाई काम वापतको तपाईंको नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ,’ उनले लेखेका छन्, ‘निर्माण ठप्प रहेका ठूला आयोजनाहरूको काममा तीव्रता आएको छ ।
जस्तो पोखरा -मुग्लिन सडक, गैडाकोट- वुटवल सडक आदि । भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ । बैंकको तरलता वृद्धि भएको छ । व्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ । कानून निर्माणको कामले तीव्रता पाएको छ । कानूनी सुधारको प्रकृयाबाट लगानी योग्य वातावरण तयार भएको छ । कानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ । भूमि समस्याको समाधानको प्रकृया अघि बढेको छ । सरकारको स्थायित्वको आधार तयार भएको छ । उपरोक्त कारणले नै तपाईंको पीडा र छटपटी बढेको देखिन्छ । होइन र ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका
उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश
ओखलढुङ्गामा २१ सुत्केरीको हवाई उद्धार
ओखलढुङ्गामा २१ सुत्केरीको हवाई उद्धार
२३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढ्यो (सूचीसहित)
२३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढ्यो (सूचीसहित)
सञ्चारमन्त्री खरेलको प्रचण्डसँग भेटवार्ता
सञ्चारमन्त्री खरेलको प्रचण्डसँग भेटवार्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश