प्रचण्डको छटपटी बढेको छ, बोलीमा तथ्य होइन कुण्ठा देखिन्छ : पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिएको टिप्पणी गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले सरकारले राम्रो काम गरिरहँदा प्रचण्डमा पीडा र छटपटी बढेको टिप्पणी गरेका हुन् ।
पोखरेलले प्रचण्डको आलोचना गर्दै विभिन्न तथ्यांक प्रस्तुत गरेका छन्, जसअनुसार वर्तमान सरकारले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको उनको दाबी छ। उनले लेखेका छन्, ‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ ? यी तथ्यहरूले तपाईको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ : तपाईं प्रधानमन्त्री हुँदाभन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ, विदेशी मुद्राको संचिति बढेको छ, सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ र निर्माण व्यावसायिलाई काम वापतको तपाईंको नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ,’ उनले लेखेका छन्, ‘निर्माण ठप्प रहेका ठूला आयोजनाहरूको काममा तीव्रता आएको छ ।

जस्तो पोखरा -मुग्लिन सडक, गैडाकोट- वुटवल सडक आदि । भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ । बैंकको तरलता वृद्धि भएको छ । व्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ । कानून निर्माणको कामले तीव्रता पाएको छ । कानूनी सुधारको प्रकृयाबाट लगानी योग्य वातावरण तयार भएको छ । कानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ । भूमि समस्याको समाधानको प्रकृया अघि बढेको छ । सरकारको स्थायित्वको आधार तयार भएको छ । उपरोक्त कारणले नै तपाईंको पीडा र छटपटी बढेको देखिन्छ । होइन र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment