वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
२१ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

सारांश

  • वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४ घर भएका ३४ वर्षीय सुदिप मान सिंह बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-९ घर भएका गुमान सिंह तामाङ रहेका छन् ।
  • पक्राउ परेकामध्ये सुदिपले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र गुमानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदिपलाई ललितपुर महानगरपालिका-२५ भैंसेपाटीबाट शुक्रबार र गुमानलाई काठमाडौं महानगरपालिका-५ बाट बिहीबार पक्राउ गरेको हो ।

 

२७ वैशाख, काठमाडौं ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४ घर भएका ३४ वर्षीय सुदिप मान सिंह बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-९ घर भएका गुमान सिंह तामाङ रहेका छन् ।

पक्राउ परेकामध्ये सुदिपले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र गुमानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदिपलाई ललितपुर महानगरपालिका-२५ भैंसेपाटीबाट शुक्रबार र गुमानलाई काठमाडौं महानगरपालिका-५ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?