१२ श्रावण २०८२, आईतवार

श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते

 

२६ वैशाख, काठमाडौं । 

श्रीलंकाली वायुसेनाको हेलिकप्टर शुक्रबार उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुँदा ६ सैन्य कर्मचारीको मृत्यु भएको प्रवक्ताले जानकारी दिएका छन्। वायुसेनाका प्रवक्ता एरान्डा गीगानागेले हेलिकप्टरमा दुई पाइलटसहित १२ जना सवार रहेको र तीमध्ये ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।

बाँकी ६ घाइतेको अस्पतालमा उपचार भइरहेको छ। यसअघि, गीगानागेले हेलिकप्टरमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताएका थिए। श्रीलंकाली वायुसेनाको स्वागत समारोहमा आयोजित प्रदर्शनका क्रममा यो घटना भएको हो। सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?