अख्तियार प्रमुख राईको खुलासा : भ्रष्टाचारीले विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले चाहेन

२४ वैशाख, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको गुनासो गरेका छन्। राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पती नेपाल ल्याउन दोस्रो पक्ष सहमत भएपनि सरकारले नचाहेको खुलासा गरे।






Post Comment