जनकपुरमा धुमधामका साथ मनाइयो सीता महोत्सव

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
जनकपुरमा धुमधामका साथ मनाइयो सीता महोत्सव

सारांश

  • त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ ।
  • भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको छ ।
  • यसै अवसरमा काठमाडौंको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा आराधनासहित भक्तिसङ्गीत र प्रवचन कार्यक्रम आयोजना गरिएको छ ।

२३ वैशाख, जनकपुर :

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको छ । त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ ।

भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको छ । यसै अवसरमा काठमाडौंको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा आराधनासहित भक्तिसङ्गीत र प्रवचन कार्यक्रम आयोजना गरिएको छ । सीतालाई सत्यवती,पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग सीताको विवाह भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त  (तस्वीरहरू)
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्वीरहरू)
हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल
हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल
हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो – हर्क साम्पाङ
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो – हर्क साम्पाङ
शिक्षकहरुको प्रदर्शन आज पनि जारी
शिक्षकहरुको प्रदर्शन आज पनि जारी
कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
सुमनाले छोडिन् रास्वपा
सुमनाले छोडिन् रास्वपा