छहरे झरना : बागलुङको नयाँ पर्यटकीय आकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
२७ पटक हेरिएको
Shares
छहरे झरना : बागलुङको नयाँ पर्यटकीय आकर्षण

सारांश

  •   बागलुङको बरेङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको छहरे झरना पर्यटक आकर्षणको केन्द्र बनेको छ।
  • केही वर्षअघिसम्म ओझेलमा रहेको झरना क्षेत्रमा गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेपछि पर्यटकको आकर्षण बढेको छ।
  •    गाउँपालिकाले विसं २०७५ देखि झाडीले ढाकिएको झरनालाई व्यवस्थित बनाउँदै आएको छ।

१९ वैशाख, बागलुङ।  

बागलुङको बरेङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको छहरे झरना पर्यटक आकर्षणको केन्द्र बनेको छ। केही वर्षअघिसम्म ओझेलमा रहेको झरना क्षेत्रमा गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेपछि पर्यटकको आकर्षण बढेको छ।   गाउँपालिकाले विसं २०७५ देखि झाडीले ढाकिएको झरनालाई व्यवस्थित बनाउँदै आएको छ। घना जङ्गलबाट पहरामा ठोकिँदै झर्ने झरना निकै मनमोहक छ। पर्यटकलाई आकर्षित गर्न झरना वरपर मन्दिर, भजनकीर्तनस्थल, रेलिङसहितको पदमार्ग, विश्रामस्थल निर्माण गरिएको छ। बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले झरना नजिकै ‘पिकनिक स्पट’ निर्माण गरेकाले पछिल्लो समय टाढा–टाढाबाट वनभोज खान आउनेको संख्या बढेको बताए।

गाउँपालिकाले हालसम्म पूर्वाधार निर्माणमा ६० लाखभन्दा बढी लगानी गरेको छ। अध्यक्ष शर्माले यस झरनाभन्दा केही माथि रहेको भैंसे झरना प्रवर्द्धनका लागि पनि काम शुरू गरेको बताए। ‘यो बागलुङको दक्षिण क्षेत्रकै सबैभन्दा ठूलो र आकर्षक झरना हो। यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ। हामी निर्वाचित भएदेखि नै पूर्वाधार निर्माणमा जोड दिएका छौं। सात वर्षदेखि यो झरनामा निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएका छौं,’ उनले भने, ‘यस वर्ष झरनाबाट झरेको पानीलाई थुनेर ताल बनाउँदै छौं। योभन्दा माथि रहेको भैंसे झरनालाई पनि व्यवस्थित बनाउँदै छौं। पदमार्गले जोड्दै छौं।’   बरेङ गाउँपालिका–४ का यमबहादुर क्षेत्रीले पहिले ओझेलमा रहेको झरना हाल पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास भएको बताए।

झरनाको छेउमा मन्दिर निर्माण भएपछि पूजा गर्न आएका दर्शनार्थी झरनामा पुगेर स्नान गर्छन्। पहिले गुमनाम रहेको झरना यति व्यवस्थित होला भन्ने कल्पना नगरेको उनले बताए।   यो ठाउँमा यति राम्रो झरना छ भन्ने लागेको थिएन। पहिले झाडीले ढाकेकाले धेरैले थाहा पाएका थिएनौं। स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो ठाउँ देखाइयो। त्यसपछि पालिकाले लगानी ग¥यो। अहिले धेरैका लागि रोजाइको केन्द्र बनेको छ। यहाँ बिदाको दिन सयौं पर्यटक आउँछन्। महिनामा पाँच हजारभन्दा बढीले झरना अवलोकन गर्छन्,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा लुटिएको प्रहरीको पेस्तोल जंगलमा भेटियो, लागुऔषध तस्करीको टोली फरार
मकवानपुरमा लुटिएको प्रहरीको पेस्तोल जंगलमा भेटियो, लागुऔषध तस्करीको टोली फरार
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत
आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
बुद्धनगरमा एक जनाको हत्या
बुद्धनगरमा एक जनाको हत्या
सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै