जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
२७ पटक हेरिएको
Shares
जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ

सारांश

  • जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ परेका छन् ।
  • मध्यपुर थिमी नगरपालिका–५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ सय ५० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

१९ वैशाख, काठमाडौं ।

जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ परेका छन् । मध्यपुर थिमी नगरपालिका–५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ सय ५० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने नुवाकोट तादी गाउँपालिका–३ घर भएका ३२ वर्षीय सुजन दाहाल समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
महिला यू-१९ एसिया कपको ‘सुपर-४’ मा नेपाल आज श्रीलंकासँग भिड्दै
महिला यू-१९ एसिया कपको ‘सुपर-४’ मा नेपाल आज श्रीलंकासँग भिड्दै
‘जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्’
‘जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्’
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक : देउवा
डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक : देउवा
साढु दाइको घरमा पाहुना गएका चौधरी मृत फेला
साढु दाइको घरमा पाहुना गएका चौधरी मृत फेला
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
कच्चा पदार्थ अभावले पाइप उद्योग धमाधम बन्द हुँदै, खानेपानीका पूर्वाधार प्रभावित
कच्चा पदार्थ अभावले पाइप उद्योग धमाधम बन्द हुँदै, खानेपानीका पूर्वाधार प्रभावित
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत