वर्षाको सम्भावना मंगलबारसम्म

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
५८ पटक हेरिएको
Shares
वर्षाको सम्भावना मंगलबारसम्म

सारांश

  • जल तथा मौसम विज्ञान विभागले हल्कादेखि मध्यम वर्षाको सम्भावना आगामी मंगलबारसम्म रहेको जनाएको छ ।
  • छ ।
  • आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म जारी रहने भएको हो ।

१५ वैशाख, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले हल्कादेखि मध्यम वर्षाको सम्भावना आगामी मंगलबारसम्म रहेको जनाएको छ । छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म जारी रहने भएको हो । मौसमविद् गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेकोे छ । साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव छ । यी सबैको संयुक्त प्रभावले वर्षा गराएको हो ।

बागमती प्रदेशका चितवन, काठमाडौं, ललितपुर लगायतका केही जिल्लाहरुमा असिनासमेत परेको छ । सोमबार र मंगलबार पनि कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद झाले जानकारी दिए । मङ्गलबार लुम्बिनी प्रदेशमा पनि हल्का वर्षा हुने प्रक्षेपण छ । हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ । अत्यधिक गर्मी बढेका बेला आइतबारदेखि सुरु भएको बदली र वर्षाले गर्मीबाट केही राहत पुगेको छ । वर्षा भएका स्थानमा माटोको चिस्यान हल्का बढेकाले किसानहरुलाई राहत मिलेको छ । तर मेघगर्जन र चट्याङ पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।. [राजु यादव सबैको साथ]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय समितिबाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयक अनिश्चित
संसदीय समितिबाट पारित गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयक अनिश्चित
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा श*वको कंकाल फेला
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा श*वको कंकाल फेला
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
बेरिङटनको शतक र लिस्कको विस्फोटक फिनिसिङमा नेपाललाई  ३२३ रन लक्ष्य
बेरिङटनको शतक र लिस्कको विस्फोटक फिनिसिङमा नेपाललाई ३२३ रन लक्ष्य
६४ सय रूपैयाँले बढ्यो सुनको मूल्य
६४ सय रूपैयाँले बढ्यो सुनको मूल्य
उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण
उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण
चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
कांग्रेस विशेष महाधिवेशन विवाद समाधानका लागि दुई समूहबीच वार्ता हुने
कांग्रेस विशेष महाधिवेशन विवाद समाधानका लागि दुई समूहबीच वार्ता हुने