वर्षाको सम्भावना मंगलबारसम्म

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
९४ पटक हेरिएको
Shares
वर्षाको सम्भावना मंगलबारसम्म

सारांश

  • जल तथा मौसम विज्ञान विभागले हल्कादेखि मध्यम वर्षाको सम्भावना आगामी मंगलबारसम्म रहेको जनाएको छ ।
  • छ ।
  • आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म जारी रहने भएको हो ।

 

१५ वैशाख, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले हल्कादेखि मध्यम वर्षाको सम्भावना आगामी मंगलबारसम्म रहेको जनाएको छ । छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म जारी रहने भएको हो । मौसमविद् गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेकोे छ । साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव छ । यी सबैको संयुक्त प्रभावले वर्षा गराएको हो ।

बागमती प्रदेशका चितवन, काठमाडौं, ललितपुर लगायतका केही जिल्लाहरुमा असिनासमेत परेको छ । सोमबार र मंगलबार पनि कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद झाले जानकारी दिए । मङ्गलबार लुम्बिनी प्रदेशमा पनि हल्का वर्षा हुने प्रक्षेपण छ । हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ । अत्यधिक गर्मी बढेका बेला आइतबारदेखि सुरु भएको बदली र वर्षाले गर्मीबाट केही राहत पुगेको छ । वर्षा भएका स्थानमा माटोको चिस्यान हल्का बढेकाले किसानहरुलाई राहत मिलेको छ । तर मेघगर्जन र चट्याङ पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।. [राजु यादव सबैको साथ]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...