अछामको साफेबगर हाटबजारमा आगलागी, १० पसल जले

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
४२ पटक हेरिएको
Shares
अछामको साफेबगर हाटबजारमा आगलागी, १० पसल जले

सारांश

  • अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी भएको छ ।
  • शनिबार बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका हुन् ।
  • जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिए ।

१३ वैशाख, धनगढी ।

अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी भएको छ । शनिबार बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिए ।

उनकाअनुसार आगो अन्य पसलहरुमा समेत फैलिंदा १० वटा जस्ता पाताले छाएका पसल जलेर नष्ट भएका छन् । तर, मानवीय र पशुचौपाया क्षति भने भएको छैन । प्रहरीले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो बिहान ६ बजे नियन्त्रणमा लिइएको जनाएको छ ।आगलागीबाट हाटबजारमा सञ्चालनमा रहेका कालभैरव जनरल स्टोर, रिभरसाइड नास्ता पसल, ब्युटिपालर, डाक मोबाइल ग्यालरी, कालभैरव सुनचाँदी पसल, रोडसाइड रेष्टुरेन्ट, ई.भी. काउन्टर एण्ड पसल र शीतल होटल एण्ड गेष्ट हाउस जलेर नष्ट भएको डीएसपी भण्डारीले बताए ।

मंगलसेन नगरपालिकाको दमकल मर्मतका लागि धनगढी पठाइएका कारण आगो नियन्त्रणमा लिन ढिलाइ भएको थियो । तर, बिहान ६ बजे भने दमकलको प्रयोग नगरेरै आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट १० पसल जले पनि क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । केही समयअघि अछामको बान्नीगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारमा समेत आगलागी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंह नियुक्त
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंह नियुक्त
राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह
राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह
नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा मान्यता दिलाउन पहल
नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा मान्यता दिलाउन पहल
सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ: मन्त्री गुरुङ
सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ: मन्त्री गुरुङ
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट फर्किए काठमाडौं
विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट फर्किए काठमाडौं