जम्मु-कश्मीर आतंकवादी हमलामा १ नेपाली पनि मारिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
१९ पटक हेरिएको
Shares
जम्मु-कश्मीर आतंकवादी हमलामा १ नेपाली पनि मारिए

सारांश

  •   जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एक नेपाली पनि परेका छन्।
  •   आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्।
  • समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ।

 

१० वैशाख, कश्मीर । 

जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एक नेपाली पनि परेका छन्।  आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ।  जम्मु-कश्मीरमा मंगलबार २०१९ को पुलवामा आक्रमणपछि सबैभन्दा ठूलो आतंकवादी हमला भएको हो। मारिएका २७ जनामा एक नेपाली, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको दैनिक भास्करले जनाएको छ।

हमला मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको हो। मिडिया रिपोर्टअनुसार आतंककारीहरूले एक पर्यटकलाई नाम सोधे र टाउकामा गोली हाने। यसपछि उनीहरू अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागे। यसैबीच आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ।  घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ। हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ। यसअघि १४ फेब्रुअरी २०१९ मा पुलवामा आक्रमण हुँदा ४० सैनिक मारिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?