जम्मु-कश्मीर आतंकवादी हमलामा १ नेपाली पनि मारिए
१० वैशाख, कश्मीर ।
जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एक नेपाली पनि परेका छन्। आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ। जम्मु-कश्मीरमा मंगलबार २०१९ को पुलवामा आक्रमणपछि सबैभन्दा ठूलो आतंकवादी हमला भएको हो। मारिएका २७ जनामा एक नेपाली, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको दैनिक भास्करले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment