१० श्रावण २०८२, शुक्रबार

विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू

३ वैशाख, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना प्रहरीमाथि छानबिन शुरू भएको छ । विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन शुरू गरेको हो । उनीहरूलाई जिम्मेवारीबाट हटाई रानीपोखरी झिकाएर आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए ।

विदेशबाट स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको भन्ने किसिमको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको सम्बन्धमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको एसएसपी खनालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?