नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३, २०८२
|
|
५५ पटक हेरिएको
Shares
नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

सारांश

  • नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।
  • राजीनामा दिनेहरु शेखर–गगन पक्षका हुन् ।
  • राजीनामा दिनेहरुमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा.

३ वैशाख, काठमाडौं ।

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरु शेखर–गगन पक्षका हुन् । राजीनामा दिनेहरुमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सिता घिमिरे, तारा थपलिया छन् । यसैगरी नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वची आचार्यले पनि राजीनामा दिएका छन् । उनीहरुले अध्यक्ष उषा राउत मिश्रले पारदर्शीरुपमा संगठन चलाउन नसकेको र समस्या समाधानमा पहल नगरेको आरोप लगाएका छन् ।  महिला संघले विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई टुलुटुलु हरेर बस्न उपयुक्त नभएको भन्दै केन्द्रीय सदस्यहरुले राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा लेखिएको छ, ‘तमाम विषयहरुमा अध्यक्षज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिलासंघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौं ।’ पछिल्लो समय बागलुङमा निर्वाचित र कृयाशील अध्यक्ष शकुन्तला शर्मालाई ‘रिक्त’ भन्दै अवैधानिक र अपमानित ढंगले हटाएपछि शेखर–गगन पक्ष थप असन्तुष्ट थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह
नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
सर्लाहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
सर्लाहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
जनकपुरधाममा हिन्दूवादीहरुले गरे बांगलादेशविरुद्ध प्रदर्शन
जनकपुरधाममा हिन्दूवादीहरुले गरे बांगलादेशविरुद्ध प्रदर्शन
६८ लाख नगदसहित ४ जना पक्राउ
६८ लाख नगदसहित ४ जना पक्राउ
आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन् : सचिव अर्याल
आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन् : सचिव अर्याल
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन : विश्वप्रकाश शर्मा
कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन : विश्वप्रकाश शर्मा
प्रतिनिधिसभाको कार्यसूचीमा दोस्रोपटक चढ्यो अध्यादेश
प्रतिनिधिसभाको कार्यसूचीमा दोस्रोपटक चढ्यो अध्यादेश
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन