मैले सरकारसँग कुरा गरेको छु, अब छिट्टै शिक्षकले आन्दोलन रोक्नुपर्छ : देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३१, २०८१
|
|
३८ पटक हेरिएको
Shares
मैले सरकारसँग कुरा गरेको छु, अब छिट्टै शिक्षकले आन्दोलन रोक्नुपर्छ : देउवा

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन् ।
  • आइतबार काठमाडौंमा आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले शिक्षक आन्दोलनको बारेमा सरकारसँग छलफल गरेको भन्दै यसलाई छिटै मिलाएर शिक्षक आन्दोलनलाई रोक्नुपर्ने बताए ।
  • उनले भने, ‘शिक्षक आन्दोलनको बारेमा सरकारसँग मैले कुरा गरेको छु ।

३१ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले शिक्षक आन्दोलनको बारेमा सरकारसँग छलफल गरेको भन्दै यसलाई छिटै मिलाएर शिक्षक आन्दोलनलाई रोक्नुपर्ने बताए ।

उनले भने, ‘शिक्षक आन्दोलनको बारेमा सरकारसँग मैले कुरा गरेको छु । छिटै मिलाएर शिक्षक आन्दोलनलाई रोक्नुपर्छ । शिक्षकहरूको माग के हो त्यो पूरा गर्न पनि सरकारको ध्यान जानुपर्छ ।’ यस्तै, उनले नेपालको संविधान अत्यन्तै राम्रो संविधान भएको भन्दै यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता रहेको बताए ।उनले भने, ‘हाम्रो देश समानुपातिक समावेशीको आधारमा अगाडि बढिरहेको छ ।

यसमा मुस्लिम समाजको पनि प्रतिनिधित्व रहेको छ । त्यस कारण नेपालको संविधान अत्यन्तै राम्रो संविधान हो । यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता छ । यसमा जनजाति, आदिवासी, मुस्लिम, थारु, मधेसी, महिलालगायत सबैको समावेशिता छ ।’  नेपालमा सबै जना मिलेर बस्ने समाज रहेको भन्दै नेपालको राजनीतिमा यस्तो खालको सामाजिक सद्भावले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
राष्ट्र बैंकले ल्यायो ५ रुपैयाँको नयाँ नोट प्रचलनमा
राष्ट्र बैंकले ल्यायो ५ रुपैयाँको नयाँ नोट प्रचलनमा
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
बागमती होटलमा एक जना युवती मृत फेला
बागमती होटलमा एक जना युवती मृत फेला
सिन्धुपाल्चोक भूकम्प : जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति
सिन्धुपाल्चोक भूकम्प : जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
सिरहामा खोला किनारमा बोराभित्र शव फेला
सिरहामा खोला किनारमा बोराभित्र शव फेला