वीरगञ्जको विवादमा सर्वदलीय बैठक: शान्तिका लागि ३ बुँदे सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३१, २०८१
|
|
७२ पटक हेरिएको
Shares
वीरगञ्जको विवादमा सर्वदलीय बैठक: शान्तिका लागि ३ बुँदे सहमति

सारांश

  • हनुमान जयन्तीको अवसरमा हिजो निकालिएको शोभा यात्राका क्रममा भएको विवादलाई समाधान गर्नका लागि आइतबार बिहान सर्वदलीय बैठक डाकिएको थियो ।
  • जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सो बैठकमा दलका प्रतिनिधिहरूले सबै धर्म एवम् सम्प्रदाय सम्बद्ध सङ्घ संस्थाहरू विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने राष्ट्रको मर्म रहेअनुसार शान्ति, अमनचयनमा खलल हुने किसिमका धार्मिक एवम् सामुदायिक प्रकारका र्‍याली, बन्द आदि कार्यक्रम एवम् गतिविधिहरू कुनै पनि सङ्घ संस्था एवम् समुदायले नगर्ने प्रतिबद्धतासहित सद्भाव कायम गर्न सबैमा अपिल गरेका छन् ।
  • उनीहरूले झडपका क्रममा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै उपचार राज्यको तर्फबाट गर्नुपर्ने माग समेत गरेका छन् ।

३१ चैत, वीरगन्ज-

वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवादलाई समाधान गर्नका लागि डाकिएको सर्वदलीय बैठकले ३ बुँदे प्रतिबद्धता जनाएको छ । हनुमान जयन्तीको अवसरमा हिजो निकालिएको शोभा यात्राका क्रममा भएको विवादलाई समाधान गर्नका लागि आइतबार बिहान सर्वदलीय बैठक डाकिएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सो बैठकमा दलका प्रतिनिधिहरूले सबै धर्म एवम् सम्प्रदाय सम्बद्ध सङ्घ संस्थाहरू विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने राष्ट्रको मर्म रहेअनुसार शान्ति, अमनचयनमा खलल हुने किसिमका धार्मिक एवम् सामुदायिक प्रकारका र्‍याली, बन्द आदि कार्यक्रम एवम् गतिविधिहरू कुनै पनि सङ्घ संस्था एवम् समुदायले नगर्ने प्रतिबद्धतासहित सद्भाव कायम गर्न सबैमा अपिल गरेका छन् ।

उनीहरूले झडपका क्रममा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै उपचार राज्यको तर्फबाट गर्नुपर्ने माग समेत गरेका छन् ।हनुमान जयन्ती मनाउन निकालिएको शोभा यात्राको क्रममा विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए पनि निजहरूलाई कानुनको दायरमा ल्याई कडा कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल
सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल
योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?
योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?
कमल थापाले भने : हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ
कमल थापाले भने : हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ
निजी क्षेत्रलाई गभर्नर पौडेलका आग्रह- उच्च मनोबलका साथ काम गरौं
निजी क्षेत्रलाई गभर्नर पौडेलका आग्रह- उच्च मनोबलका साथ काम गरौं
शिक्षा मन्त्री पन्तलाई प्रश्न : त्रिविको उपकुलपति छनोटको प्रक्रिया कहाँ पुग्यो ?
शिक्षा मन्त्री पन्तलाई प्रश्न : त्रिविको उपकुलपति छनोटको प्रक्रिया कहाँ पुग्यो ?
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला
प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ