मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १९, २०८०
|
|
२१ पटक हेरिएको
Shares
मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन

सारांश

  • मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
  • मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा जिम्मेवारीविहीन भएर बसिरहेकी मन्त्री सुरिताकुमारी साहलाई खेलकूद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
  • यसका लागि मुख्यमन्त्री यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

१९ असोज, जनकपुर। मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा जिम्मेवारीविहीन भएर बसिरहेकी मन्त्री सुरिताकुमारी साहलाई खेलकूद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसका लागि मुख्यमन्त्री यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। यसअघि जनमत पार्टीका नेता महेश यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय सम्हाल्दै आएका थिए। यो मन्त्रालय टुक्र्याएर शिक्षा तथा संस्कृति र खेलकूद तथा समाज कल्याण मन्त्रालय बनाइएको छ।

शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका यादवलाई नै दिइएको छ भने जनता समाजवादी पार्टी (जसपा) की साहले खेलकूद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएकी छन्। मन्त्री साहले यसअघि नै मन्त्रीको शपथ लिएकी थिइन्। तर, मन्त्रालय नहुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेरिरहेकी थिइन्। जनमत पार्टी मधेश प्रदेश दलका नेता समेत रहेका मन्त्री यादवले भने कुनै छलफल नै नगरी मन्त्रालय टुक्र्याएकोमा आपत्ति जनाएका छन्। “कुनै छलफल विना नै मन्त्रालय फोड्नु राम्रो भएन। हामी सरकार छोड्नेसम्ममा पुग्नेछौं,” उनले भने। यस विषयमा पार्टी केन्द्रमा र गठबन्धनलाई पनि जानकारी गराइसकेको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ
बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ
चारवटा संसदीय समितिको बैठक बस्दै
चारवटा संसदीय समितिको बैठक बस्दै
नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 
नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 
कञ्चनपुरमा जङ्गली हात्ती मृत फेला
कञ्चनपुरमा जङ्गली हात्ती मृत फेला
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदहरूको माग
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छः सन्तोष परियार
जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छः सन्तोष परियार
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान