सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
५९ पटक हेरिएको
Shares
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प

सारांश

  • शिक्षक महासंघले यथास्थितिमा सरकारले बोलएको वार्तामा नजाने अडान लिएको छ ।
  • बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले शुक्रबार वार्तामा आउन शिक्षक महासंघलाई भनेको थियो ।
  • तर, महासंघ वार्तामा गएन ।

२३ चैत, काठमाडौ ।

शिक्षक महासंघले यथास्थितिमा सरकारले बोलएको वार्तामा नजाने अडान लिएको छ । बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले शुक्रबार वार्तामा आउन शिक्षक महासंघलाई भनेको थियो । तर, महासंघ वार्तामा गएन । शुक्रबार  सरकारी टोली शिक्षकलाई कुरेर सिंहदरबारमा बसेको थियो ।

शिक्षक महासंघ नगएपछि दोस्रो पटक सरकारले वार्तामा बोलाएको हो । ‘हामी फेरि वार्तामा जादैनौ । वार्ताले समाधान दिँदैन । समाधान नदिने वार्तामा जानु भनेको समय नष्ट गर्नु हो । मन्त्री, प्रमुख सचेतकलगायतलाई वार्तामा दिने समय सिन निर्माणमा दिनुहोस् भनेका छौं’, महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने । अध्यक्ष सुवेदीले समाधानका लागि तीन विकल्प देखाए । ‘सरकारले अध्यादेशबाट निकास दिन सक्छ्ब । अर्को बर्खे अधिवेशन तत्काल बोलाएर प्रक्रिया अगाडि बढाउन सक्छ । विशेष अधिवेशन पनि आह्वान गरेर ऐन जारी गर्न सक्छ’, अध्यक्ष सुवेदीले भने, ‘यसपटक परिणाम नलिइ नफर्किने हो । सदन बोलाउन लगाएर भए पनि ऐन लिएर फर्किने हो ।’

ऐन बन्ने स्थिति भएमा ऐनभित्रको विषयवस्तुमा छलफल गर्न भने सकिने उनले बताए । २०८० असोज ५ मा सहमति भइसकेकाले फेरि वार्ताको औचित्य नरहेको महासंघको निष्कर्ष छ । सहमति कार्यान्वयन नभएको भन्दै विगत २ महिनादेखि महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । जसअन्तर्गत २० चैतदेखि देशभरका शिक्षक काठमाडौ आएका छन् । काठमाडौमा दैनिक विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
गोरखाको विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग
गोरखाको विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ
मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
सहिद घोषणामा केही त्रुटि भएको छ : प्रचण्ड
सहिद घोषणामा केही त्रुटि भएको छ : प्रचण्ड
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध
बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध
मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलमाथि कारबाहीको तयारी
मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलमाथि कारबाहीको तयारी