२६ जेष्ठ २०८२, आईतवार

मोरङमा कुकुरले टोकेर एक जनाको मृत्यु

 

२२ चैत,विराटनगर ।

कुकुरको टोकाइबाट मोरङमा एक जनाको मृत्यु भएको हो । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोक्दा मोरङको मिक्लाजुङ गाउँपालिका-६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो ।स्थानीयका अनुसार मगरलाई बिहीबार बिहान ९ बजे कुकुरले टोकेको थियो ।

दायाँ खुट्टाको पिँडुलामा कुकुरले टोकेपछि उनी सडकमा ढलेका थिए । सडकबाट स्थानीयले उद्दार गरी नगर अस्पताल बेलबारी लगेका थिए । बेलबारीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो । बेलबारी-१० का वडाध्यक्ष गंगाबहादुर याक्खाका अनुसार कोशी अस्पताल ल्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए । कुकुरले टोकेको चोटबाट अत्यधिक रक्तश्राव भएका कारण मगरको मृत्यु भएको चिकित्सकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment