दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
२१ पटक हेरिएको
Shares
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

सारांश

  • कार्यालय परिसरमा रहेको नर्सरीमा ती बिरुवा उत्पादन गरेर हुर्काइएको हो ।
  • कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वन पैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काइएको हो ।
  • त्यसमा जडीबुटी बिरुवा, डाले घाँस, फलफूल तथा बहुउपयोगी बिरुवा, बहुवर्षीय बिरुवा रहेका छन् ।

२० चैत, काठमाडौं –

डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख ९३ हजार ४१० बिरुवा हुर्काएको छ । कार्यालय परिसरमा रहेको नर्सरीमा ती बिरुवा उत्पादन गरेर हुर्काइएको हो ।कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वन पैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काइएको हो । त्यसमा जडीबुटी बिरुवा, डाले घाँस, फलफूल तथा बहुउपयोगी बिरुवा, बहुवर्षीय बिरुवा रहेका छन् ।

आपूर्ति समितिबाट एक लाख २० हजार, डिभिजन वन कार्यालयका तर्फबाट ७३ हजार ४१० बिरुवा उत्पादन गरिएको उनले बताउनुभयो । उनका अनुसार डिभिजन वन कार्यालयमार्फत ३० हजार बिरुवा जडीबुटीका, १५ हजार बिरुवा डालेघाँस, फलफूल तथा बहुउपयोगी र २८ हजार ४१० बिरुवा बहुवर्षीय उत्पादन गरी हुर्काइएको छ । आपूर्ति समितिबाट उत्पादित बिरुवाका जात छुट्याउने काम भइरहेको छ ।यहाँबाट डालेघाँस, ठूला रुखजन्य बिरुवा र बहुउपयोगी बिरुवा उत्पादन हुँदै आएको छ । बहुवर्षीय बिरुवा सडक क्षेत्रमा लगाउन उपयोगी हुने गर्दछ । सडकलाई हराभरा र सौन्दर्य राख्नका लागि यी बिरुवा प्रयोग हुने गरेको छ ।

उनले भने, “बहुर्षीय बिरुवाले वृक्षरोपणलाई सफल बनाउन सहयोग पुग्छ ।”  अघिल्ला वर्षका बिरुवा कम भएकाले यस वर्ष धेरै बिरुवा उत्पादन गर्न लागिएको पौडेलले बताउनुभयो । गत वर्ष कार्यालयले ९२ हजार बिरुवा मात्र उत्पादन गरेको थियो । समितिबाट ८० हजार र डिभिजन वन कार्यालयलबाट १२ हजार बिरुवा उत्पादन गरिएको थियो । उनले भने, “असार १५ गतेदेखि वितरण गर्ने गरी बिरुवा उत्पादनको काम भइरहेको छ ।” कार्यालयले अहिले २० भन्दा बढी प्रजातिका बिरुवा उत्पादन गरिरहेको छ । त्यसमा हर्रो, बर्रो, अमला, निम, जामुन, श्रीखण्ड, बेल, तेजपत्ता, चाप, निबुवा, अम्बा, वडहर, टाँकी, कोइरालालगायतका बिरुवा रहेको पौडेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु
७२२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
सर्लाहीमा ठक्कर दिएका टिपर जलाए, गुम्यो एउटा युवकको ज्यान,
सर्लाहीमा ठक्कर दिएका टिपर जलाए, गुम्यो एउटा युवकको ज्यान,
मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै
खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै
राष्ट्रपति पौडेलले जारी गरे चार वटा अध्यादेश
राष्ट्रपति पौडेलले जारी गरे चार वटा अध्यादेश
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री