सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
८४ पटक हेरिएको
Shares
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

सारांश

  • कार्यालय परिसरमा रहेको नर्सरीमा ती बिरुवा उत्पादन गरेर हुर्काइएको हो ।
  • कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वन पैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काइएको हो ।
  • त्यसमा जडीबुटी बिरुवा, डाले घाँस, फलफूल तथा बहुउपयोगी बिरुवा, बहुवर्षीय बिरुवा रहेका छन् ।

 

२० चैत, काठमाडौं –

डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख ९३ हजार ४१० बिरुवा हुर्काएको छ । कार्यालय परिसरमा रहेको नर्सरीमा ती बिरुवा उत्पादन गरेर हुर्काइएको हो ।कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वन पैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काइएको हो । त्यसमा जडीबुटी बिरुवा, डाले घाँस, फलफूल तथा बहुउपयोगी बिरुवा, बहुवर्षीय बिरुवा रहेका छन् ।

आपूर्ति समितिबाट एक लाख २० हजार, डिभिजन वन कार्यालयका तर्फबाट ७३ हजार ४१० बिरुवा उत्पादन गरिएको उनले बताउनुभयो । उनका अनुसार डिभिजन वन कार्यालयमार्फत ३० हजार बिरुवा जडीबुटीका, १५ हजार बिरुवा डालेघाँस, फलफूल तथा बहुउपयोगी र २८ हजार ४१० बिरुवा बहुवर्षीय उत्पादन गरी हुर्काइएको छ । आपूर्ति समितिबाट उत्पादित बिरुवाका जात छुट्याउने काम भइरहेको छ ।यहाँबाट डालेघाँस, ठूला रुखजन्य बिरुवा र बहुउपयोगी बिरुवा उत्पादन हुँदै आएको छ । बहुवर्षीय बिरुवा सडक क्षेत्रमा लगाउन उपयोगी हुने गर्दछ । सडकलाई हराभरा र सौन्दर्य राख्नका लागि यी बिरुवा प्रयोग हुने गरेको छ ।

उनले भने, “बहुर्षीय बिरुवाले वृक्षरोपणलाई सफल बनाउन सहयोग पुग्छ ।”  अघिल्ला वर्षका बिरुवा कम भएकाले यस वर्ष धेरै बिरुवा उत्पादन गर्न लागिएको पौडेलले बताउनुभयो । गत वर्ष कार्यालयले ९२ हजार बिरुवा मात्र उत्पादन गरेको थियो । समितिबाट ८० हजार र डिभिजन वन कार्यालयलबाट १२ हजार बिरुवा उत्पादन गरिएको थियो । उनले भने, “असार १५ गतेदेखि वितरण गर्ने गरी बिरुवा उत्पादनको काम भइरहेको छ ।” कार्यालयले अहिले २० भन्दा बढी प्रजातिका बिरुवा उत्पादन गरिरहेको छ । त्यसमा हर्रो, बर्रो, अमला, निम, जामुन, श्रीखण्ड, बेल, तेजपत्ता, चाप, निबुवा, अम्बा, वडहर, टाँकी, कोइरालालगायतका बिरुवा रहेको पौडेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु
जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु
चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि हस्ताक्षर : प्रधानमन्त्री ओली
चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि हस्ताक्षर : प्रधानमन्त्री ओली
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी
गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ
गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ
राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा
रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा
वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता
वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या
सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या