२६ जेष्ठ २०८२, आईतवार

सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने

 

१८ चैत, काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकाले आफूलाई जिउँदो छोड्नु नै खुशीको कुरा भएको बताएका छन् । आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका सभापति लामिछानेले केन्द्रीय समिति बैठकअघि पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु । अदालतको आदेशको अपव्याख्या गरेका छन् । दुई तिहाइको सरकारले जिउँदै छोडेको छ यही मेरो जित हो ।’ सभापति लामिछानेले भने, ‘यो डराउँछ भन्ने लागेको होला तर म लड्छु ।

तर लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ । थप केही मुद्दा लगाउनु छ भने लगाओस् ।’लामिछाने पार्टी जिम्मेवारीमा फर्कने सूचना पाएपछि उनको स्वागतका लागि पार्टी सदस्य र शुभचिन्तकहरूको पार्टी कार्यालयमा बाक्लो उपस्थिति छ । सहकारी ठगी प्रकरणमा लामिछानेको सांसद पद अहिले पनि निलम्बनमा छ । उनको अदालतमा मुद्दा विचाराधीन भए पनि पार्टीको जिम्मेवारीमा फर्कन लागेका हुन् । रास्वपाले पुस ८ गते लामिछानेको ठाउँमा पार्टी उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment