मदन भण्डारी राजमार्गभित्र परेका रूख कटान तीव्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
४८ पटक हेरिएको
Shares
मदन भण्डारी राजमार्गभित्र परेका रूख कटान तीव्र

सारांश

  • मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८३४ रूख कटानको प्रक्रिया अघि बढेको छ ।
  • मन्त्रिपरिषद्ले झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्मको ७७ किलोमिटर राजमार्गभित्र अवस्थित विभिन्न वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको हुँदा सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयबाट अनुमति लिएर रूख कटानको कार्य भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताउनुभयो ।
  • कार्यालयले राजमार्गको झापाको पश्चिम खण्डमा पर्ने मावा खोलादेखि दमकको बेलडाँगीसम्मको ४७ रूख कटान गरिसकेको र मावा खोलादेखि मोरङको केराबारीसम्मका दुई हजार १६३ रूख कटान कार्य जारी रहेको दत्तले जानकारी दिनुभयो ।

१८ चैत, झापा ।

मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८३४ रूख कटानको प्रक्रिया अघि बढेको छ । मन्त्रिपरिषद्ले झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्मको ७७ किलोमिटर राजमार्गभित्र अवस्थित विभिन्न वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको हुँदा सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयबाट अनुमति लिएर रूख कटानको कार्य भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताउनुभयो । कार्यालयले राजमार्गको झापाको पश्चिम खण्डमा पर्ने मावा खोलादेखि दमकको बेलडाँगीसम्मको ४७ रूख कटान गरिसकेको र मावा खोलादेखि मोरङको केराबारीसम्मका दुई हजार १६३ रूख कटान कार्य जारी रहेको दत्तले जानकारी दिनुभयो ।

“मन्त्रिपरिषद्को बैठकले राजमार्गको पूर्वी खण्डको वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको छ,” उहाँले भन्नुभयो, “भोगाधिकार प्राप्त भइसकेपछि वन कार्यालयसँग रूख कटानको स्वीकृति लिएका छौँ, अब धमाधम रूख कटान कार्य अघि बढिरहेको छ ।”  झापा र इलामको सीमावर्ती क्षेत्र हुँदै सुखानीदेखि बाहुनडाँगीको पाटापुरसम्मको ३१ किलोमिटर र सुनसरी–मोरङ क्षेत्रको ४६ किलोमिटर राजमार्ग क्षेत्रमा सडक स्तरोन्नतिको कार्यमा वन क्षेत्रका रूख अवरोध बनिरहेका थिए, अब रूख कटान भइसकेपछि राजमार्गको निर्माण तीव्र हुने भएको छ ।


राजमार्गको पूर्वी खण्डअन्तर्गत झापा र इलाममा छ हजार १७१, सुनसरीमा पाँच हजार ५०० र मोरङमा दुई हजार १६३ रूख कटान हुने भएका छन् । मोरङको वन क्षेत्रभित्रका रूख आगामी वैशाखभित्र कटान गरिसक्ने गरी काम भइरहेको कार्यालयका सूचना अधिकारी दत्तले बताउनुभयो । सडक स्तरोन्नतिका लागि रूख कटान गर्न मन्त्रिपरिषद्को गत मङ्सिरमा भएको बैठकले नै भोगाधिकार स्वीकृति दिएको थियो ।  धरानदेखि मधुमल्लासम्मको सडकमा पर्ने वन क्षेत्रका सात हजार ६१० रूख हाल कटान भइरहेका र केराबारीदेखि मावा खोलासम्मको सडकखण्ड अन्तर्गतका दुई हजार १६३ रूख कटानको आदेश कार्यान्वयनको प्रक्रियामा रहेको थियो ।

सुनसरीमा पाँच हजार ५०० रूखमा छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भइसकेको र कटान आदेश कार्यान्वयनको प्रक्रियामा चलिरहेको जनाइएको छ । यसैगरी राजमार्गको गरुवा सुखानी सहादतस्थल–बरफलाङ्गफेदी तीन दशमलव ९२६ अन्तर्गत दुई दशमलव २१ हेक्टरमा पर्ने ४८३, शान्तिनगर–पाटापुर १३ दशमलव ८७४ किलोमिटरअन्तर्गतको सात दशमलव ७६ हेक्टरमा पर्ने तीन हजार ५० रूख हटाउनका लागि नेपाल सरकार मन्त्रिपरिषद्को चैत ११ गतेको बैठकबाट जग्गा भोगाधिकारको निर्णय भएको छ ।

पूर्वको झापादेखि पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने यो राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । यसको कुल लम्बाइ एक हजार २०० किलोमिटर रहेको छ । धरानदेखि हेटौँडासम्मको ३०० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा धमाधम कार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना 
आज कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना 
बैतडीमा रेबिजविरुद्ध खोप अभाव
बैतडीमा रेबिजविरुद्ध खोप अभाव
मौलापुरका मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
मौलापुरका मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक
आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न
२७ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै
२७ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै
सहकारी प्रकरणमा रविको नाम राख्ने अडानबाट कांग्रेस ब्याक, व्यक्ति विशेषको नाम नलेख्न सहमत
सहकारी प्रकरणमा रविको नाम राख्ने अडानबाट कांग्रेस ब्याक, व्यक्ति विशेषको नाम नलेख्न सहमत
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित