२६ जेष्ठ २०८२, आईतवार

पहिलोपल्ट नेकपा एसको कार्यालय पुगे ओली, पत्रकार कोइरालालाई दिए श्रद्धाञ्जली

 

१८ चैत, काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन्।हिजो दिवंगत भएका नेकपा एस सम्वद्ध वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन ओली त्यहाँ पुगेका हुन्।

प्रधानमन्त्री ओली पुग्दा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरू पनि थिए। ओलीले उनीहरूसँग केहीबेर भलाकुसारी गरेका थिए। त्यसपछि कार्यालयभित्र पसेर गत चैत १५ गते भएको आगजनीबाट पुगेको क्षतिको पनि अवलोकन गरेका थिए। नेकपा एमालेलाई विभाजित गर्दै २०७८ भदौ २ गते नेकपा एस दर्ता भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?